आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

रगत अभाव हुन नदिन अष्ट्रेलियामा जुटे नेपालिहरू,एनबिडिएद्वारा रक्तदान आयोजना

शनिबार, असार २ २०८०

अष्ट्रेलिया,जन्मथलो नेपाल भएर कर्म थलो अष्ट्रेलिया बनाएका नेपालीहरु अष्ट्रेलियामा विभिन्न सामाजिक काममा सक्रिय भईरहेका छन।
नेपालीहरुले नेपाली समुदायकालागि मात्र हैन अष्ट्रेलिया सरकारका विभिन्न कार्यक्रममा समेत सामाजिक कार्यमार्फत सहयोग गरिरहेका नेपाली समुदायले रक्तदान कार्यक्रम मार्फत रगत अभाव कम गर्न सहयोग गरेका छन् ।
जन्मथलो नेपाल भएपनि आफ्नो कर्मथलोमा हुने प्राकृतिक विपदका कारण रगत अभाव नहोस भन्ने उद्देश्य राखेर नेप्लिज ब्लड डोनर्स एसोशियन(NBDA) अष्ट्रेलियाले विश्व रक्तदाता दिवस २०२३ को अवसर पारेर “नियमित रूपमा रगत तथा प्लाज्मा दान गरौ जिवन बचाउने कार्यमा हातेमालो गरौ”भन्ने नाराका साथ एक विशेष कार्यक्रमका विच लाइफ ब्लड सेन्टर, टाउनहल सिडनीमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । सो कार्यक्रममा ३ जनाले प्लाज्मा दान गरेका छन् भने ७ जनाले होल ब्लड रगत दान गर्नुभएको छ । प्लाज्मा दान गर्नु हुनेमा भुपाल सिटौला,प्रकाश लामिछाने र सरोज पाठक रहेका छन् भने होल ब्लड प्रदान गर्नु हुनेमा क्रमःश मुक्तिराम पोखरेल ,सिमा थापा,बाबुराम पोखरेल , दिनेश पोखरेल, चन्द्र प्रसाद ढकाल, उमेश पोखरेल, र प्रदिप खनालले रक्तदान गरेका छन ।
नेप्लिज ब्लड डोनर एसोसियन (NBDA) अष्ट्रेलियाका अध्यक्ष भुपाल सिटौलाको अध्यक्षता एसोसियनका महासचिव प्रकाश लामिछाने सञ्चालनमा भएको कार्यक्रममा उपस्थित अतिथि तथा सहभागिहरुलाई कार्यक्रमका संयोजक एंव एसोसियनका उपाध्यक्ष मुक्तिराम पोखरेलले स्वागत तथा कार्यक्रमको उद्धेश्यमाथी प्रकाश पार्नुभएको थियो । अष्ट्रेलियामा हुने रगतको अभावलाई परिपूर्ती गर्न यस्ता कार्यक्रम निरन्तर गरिरहने र जो कोहि पनि इच्छुक माहानुभावले पनि आफ्नो पाएक पर्ने ब्लड सेन्टरमा गएर NBDA को नाम बाट निरन्तर रुपमा रक्तदान गर्न सकिने अध्यक्ष भुपाल सिटौलाले सो कार्यक्रममा जानकारी दिनुभयो । कार्यक्रममै एसोसियनका सल्लाहकार,समाजसेवि एवं प्रतिष्ठित ब्यवसायि दिनेश पोखरेल, रुपन्देहि सामाजिक संञ्जाल (RSNA) अष्ट्रेलियाका स्पोर्टस् कोर्डिनेटर सरोज पाठक, एसोसियनकै सचिव चन्द्र प्रकाश ढकाल लगायतका व्यक्तित्वले आफनो धारणाहरु राख्दै मानव जिवन बचाउने जस्तो महत्वपूर्ण “रक्तदान जिवनदान “जस्तो पुण्य कार्य गरेकोमा NBDA ले कार्यको प्रशंशा गर्नु भएको थियो भने अन्य संघ संस्थाहरुले पनि NBDA सँग सहकार्य गरी रक्तदान एवं उत्प्रेरणामुलक कार्यक्रमहरु गर्न आहान गर्नु भएको थियो।
उक्त कार्यक्रममा सञ्जालका कार्यसमिती सदस्य, पदाधिकारी एंव विभिन्न क्षेत्रका नेपाली समुदायको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार