बिहिबार, जेष्ठ ३२ २०८०
पञ्चायतको अन्त्य संगै खुल्ला राजनीतिक परिवेश पछी सर्वसाधारणको पहुँचमा नेपाली राहदानी पुगे पछी मुख्य गरी बैदेशिक रोजगार, उच्चशिक्षाको लागि बिदेश अध्ययन र बिभिन्न व्यावसाय गर्नेहरुको संख्या ह्वात्तै बढेर गयो । बिशेष गरी बैदेशिक रोजगारिमा जानेहरुको कुनै समयमा त्रिभुवन बिमानस्थलबाट दैनिक दुई हजार हाराहारीमा उड्ने गरेको तथ्याङ्कहरु आउने गरेका थिए। अहिले त्यो संख्या केही घटे पनि रोजगार, अध्ययन र अन्य पेषा व्यवसाय गर्ने नेपालीहरु बिदेश जाने क्रम रोकिएको छैन । जव नेपालीहरु बैदेशिक रोजगार, अध्ययन अनी अन्य पेशामा बिदेश आएका छन ति नेपालीहरुले देशको ग्राहस्थ उत्पादनमा अत्यन्त ठुलो भूमिका खेलेको छ् । नेपालीहरुले बिदेशमा रहेर अर्थ उपार्जन मात्र गरेका छैनन उनिहरुले बिकसित देशका नयाँ नयाँ प्रविधी संग सात्क्षरकार हुँदै उच्च शिक्षा संगै ज्ञान शिप पनि प्रसस्त आर्जन गरेका छ्न। । यो एउटा देशको लागि अति सकारात्मक पक्ष हो ।
जसरी बिदेशमा बिभिन्न पेशा व्यावसाय तथा रोजगारमा नेपालीहरुको संख्या छोटो समयमा नै ठुलो संख्यामा बढेर गयो त्यहाँ बिभिन्न साना ठुला समस्याहरु देखिन थाले । स्थायी रुपमा नै बिदेशमा बसोबास गने नेपालीहरु र उनिहरुको सन्तानलाई आफ्नो मातृभूमी प्रतिको मोह जगाई राख्न आफ्नो भाषा, धर्म, संस्क्रिति भेषभुषा, नेपाली माटोको सुगन्ध संग जोडी राख्न कही न कतै एउटा संयुत्त अभियान अथवा त्यस अभियानलाई डोर्याउन सक्ने सामर्थ्य भएको समग्र नेपालीहरुलाई सम्मेट्न सक्ने छाता संगठनको आवश्यकता देखी बिदेशमा बिभिन्न पेषा व्यावसायमा रहनु भएका अग्रजहरुको एउटा सार्थक प्रयासको परिणाम स्वरुप सन २००३ को अक्टोवर ११ मा डाक्टर उपेन्द्र महतो ज्युको नेत्रित्वमा जन्म भयो NRNA अर्थात गैर आवासिय नेपाली संघ । NRNA को यो २३ बर्षे उमेरले आज सम्म आफ्नो दशौं महाधिवेशन सम्पन्न गरी सकेका छ्न भने पछील्लो महाधिवेशनले निर्वाचित गरेको तीन जना अध्यक्ष सहित ९ जना नेत्रित्व पाईसकेका छ्न । तर NRNA आजको समय सम्म आईपुग्दै गर्दा आफ्नो समस्याहरुले ग्रसित भएर सग्लो रहन नसकी दशौं महाधिवेशनको समय देखी दुई चिरा भएर फुटेको अवस्था छ् । फुटको अवस्थामा के कती असर गरेको छ् फुटले संस्थालाई के कती दिर्घकालीन असर गर्न सक्छ भन्ने बिषयलाई अर्को लेखमा विश्लेषण गरौला । वास्तविकता भने डाक्टर उपेन्द्र महतोको सपनाले वहाँको सारथिहरुको सहयोग र साथमा जन्माएको सन २००३ को NRNA सग्लो छैन यो फुटेको अवस्था छ। यो NRNA दुईदशक भन्दा लामो अभियानमा दशौं महाधिवेशन अत्यन्त विवादित र अभियानलाई नै क्षय पुग्ने गरीको हर्कतहरु भए। ईतिहासमा नै आफ्नो विधान संसोधन गरेर तीन तीन जना अध्यक्ष सहित दर्जनौ पदाधिकारिको व्यावस्था गरियो तर पनि NRNA लाई फुटबाट बचाउन सकेन । NRNA फुटको जिम्मेवारि कसैले लिएन बरु एक अर्कामा दोषारोपणहरु आज पर्यन्त चली रहेछ ।
NRNA को अर्को सुखद वास्तविकता र गर्वगर्न लायक पक्ष चाँही के हो भने यो २३ बर्षको यात्राामा राज्यलाई अप्ठ्यारो परेको बेला होस या सहजता हुँदाको अवस्थामा होस राज्यलाई केही न केही दिदै आएको छ । सन २०१५ मा गएको महा बिनाशकारी भुकम्प होस या बर्षै पिछे तराईहरुमा आउने बाडी अथवा पहाडमा जाने पहिरो त्यहाँ NRNA नपुगेको छैन । अझ कोभिड -१९ को महामारिमा NRNA ले खेलेको भूमिका प्रति स्वयं राष्ट्रप्रमुख र सरकार प्रमुखहरुले पटक पटक प्रशंषा गरेको अवस्था हो । त्यती मात्र होईन सामुदायिक विद्यालयको स्तर उन्न्ती, गरिव तथा असाहय बिद्यार्थीहरुलाई शैक्षिक उन्न्तिमा सहयोग, ब्रिदाश्रम निर्माण लगायत दर्जनौ अन्य सामाजिक क्षेत्रमा NRNA को उल्लेख्य योगदान रहेको छ ।
सरकार बाट पनि NRNA हरुले आफ्नो उदेश्य अनुसार बिदेशमा आर्जन गरेका अर्थ ज्ञान सिप र प्रविधिलाई देशमा लैजान कानुनी सहजता साथै सहज बातावरणको लागि सरकार संग माग गरे अनुसार सम्बोधन गराउदै आई रहेको छ । यसमा पनि NRNA हरुले सबै भन्दा मुख्यरुपमा उठाएको आफ्नो मुद्दा भनेको एक पटकको नेपाली सधैंको नेपाली नै हो । यसलाई सबैले बुझ्ने भाषामा भन्नु पर्दा नेपाली नागरिकताको निरन्तरता बिषयलाई आंशिक सम्बोधन गराउदै हाललाई गैर आवासिय नागरिकता सम्म सफलता हासिल गरेका छ्न । भलै त्यो बिषय अहिले सम्मानित सर्वोच्च अदालतमा बिचराधिन रहे पनि यसको विकल्प अर्को छैन। लगानिको हिसावले हेर्ने हो भने पनि दर्जनौ हाईड्रोहरुमा अन्य बिभिन्न पारीयोजनामा NRNA हरुको लगानी छ । पाईपलाईनमा त्यस्ता दर्जनौ पारीयोजनाहरु NRNA हरुको हातमा छ्न ।
तर NRNA को अभियानमा जोडीएका सबै नेपालीहरुको पहुँच र हैसिय समान किसिमको छैन। मध्यपुर्व र मलेसिया जस्ता देशहरुमा कार्यरत २० लाख भन्दा धेरै संख्यामा रहेका नेपालीहरुलाई NRNA मा सहज सहभागिता गराउन अझै कठिनाई भई रहेको छ् । ति देशहरुमा रहेका नेपालीहरुलाई NRNA अभियानमा आकर्षण गराउन अझै सकि नरहेको अवस्था छ् किन अव यसको कारणहरु खोजिनु पर्छ । कहाँ कता कमजोरिहरु छ्न त्यसको विष्लेशण हुनु जरुरी छ् ।
NRNA को यो २३ बर्षे उमेर अवधिमा मुद्दा र नेत्रित्वलाई नियाल्ने हो भने २० लाख भन्दा बडी NRNA भएको मध्यपुर्व एउटा असल सहयोगीको रुपमा मात्र सिमित रहेको पाउछौं भने श्रमिकहरुको मुद्दामा पनि सहयोग राहत उपलब्ध अनी उद्दारको कुराहरुमा मात्र केन्द्रिय भएको पाईन्छ । अर्थात भनौं सामान्य मानविय सहयोगमा मात्र सिमित रहेको पाउछौं । सुरक्षित र मर्यादित बैदेशिक रोजगार को मुद्दा सम्बोधन हुने कुरामा अझै आशा गरेर बसी रहेका छ्न । तर यो मुद्दालाई NRNA भित्र जुन हिसावले प्राथमिकताका साथ छलफल र बहस गरिनु पर्थ्यो जुन ढंगले सरकार संग लबिङ गरिनु पर्थ्यो त्यस किसिमले भएन । जुन सुकै बिषय वा मुद्दा उठानमा प्रमुख नेत्रित्वको चाहना र लगशिलताले पहिलो प्राथमिकता राख्ने कुरामा दुईमत हुने कुरै भएन । NRNA अभियानको बिगत दुईदशक भन्दा बडी समयलाई नियाल्ने हो भने मध्यपुर्व र मलेसिया जस्ता देशका NRNA हरुले युरोप, अमेरिकाज र ओसियाना क्षेत्रहरुको बाट हुने नेत्रित्वको सहयोगी भूमिकामा मात्र सिमित भएको पाईन्छ । यो दुई दशक भन्दा लामो समय मध्यपुर्व र मलेशियाका गैर आवासिय नेपालीहरुले जसरी अमेरिकाज, युरोप, अमेरिकाज क्षेत्रको ईमान्दार सारथीको भूमिकामा रह्यो अव वहाँहरुलाई आगामी एक दशक सम्म मध्यपुर्व र मलिशियाले श्रमिक मुद्दाहरुमा सहयोग माग्ने बेला भएको छ् । अबको दशक सबै NRNA हरुले मध्यपुर्व र मलेशिया जस्ता देशहरुमा रहेका लाखौं नेपालीहरुको समस्या समाधान गर्न सुरक्षित र मर्यादित बैदेशिक रोजगारको मुद्दा सम्बोधन र नेत्रित्वको लागि ठुलो ह्र्दय बनाउनु आवश्यक छ् ।
नेपाल सरकारले भरखरै बैदेशिक रोजगारमा रहेको नेपालीहरुलाई सामाजिक सुरक्षा कोष लागु गरेका छ। पु:न श्रम लिदा यो कोषमा अनिवार्य समावेस भएको हुनु पर्ने जस्ता बिषयहरु सामान्य किसिमको मजदुर काम गरेर आफ्नो परिवार पालनमा रहेका नेपालीहरुलाई बुझाउन त्यती सहज छैन । कोषमा समावेस हुनलाई मासिक निश्चित रकम बुझाउनु पर्ने यो सबै आँफैले अनलाईनबाट नै गर्नु पर्ने, नयाँ राहदानी नविकरणको फारम समेत आँफै अनलाईन मार्फत भर्नु पर्ने हुँदा यि देशहरुमा रहेका नेपालीहरु ६० प्रतिशत भन्दा माथिको संख्या प्रविधी संग साक्षत्कार छैनन। अर्को तर्फ सम्मानित सर्वोच्च अदालतबाट बिदेशमा रहेका नेपालीहरुलाई मतदानमा सहभागी गराउने बातावरण मिलाउन सरकारलाई आदेश जारी गरी सकेको अवस्थामा कम्तिमा आगामी निर्वाचनबाट नै देशको नेतत्रित्व चयनमा सहभागि हुनको लागि पनि सरकार संग निरन्तर संवाद छलफल सम्बन्धित देशका राजदुतावास संग सहकार्य र समन्वय बिना सम्भव देखिन्न ।
तसर्थ यि सबै कुराहरु सरकारको लक्ष र श्रमिकहरुको चाहना पुरा गर्नलाई पनि NRNA को आगामी दशक महत्वपूर्ण छ। यो दशकलाई श्रमिक दशकको रुपमा लिएर NRNA को मुल नेत्रित्व मध्यपुर्वले गर्नु वांन्छनिय देखिन्छ । सही समयमा सही मानिसलाई सही ठाँउको जिम्मेवारी दिन सकियो भने मात्र न्याँय संगत हुन्छ । मध्यपुर्व र मलेशियाका नेत्रित्वहरुले पनि विवाद रहित सबै जात धर्म विशेष अथवा राजनीतिक विषेश भन्दा माथि उठेर सिर्फ २० लाख भन्दा बढी नेपाली मजदुरहरुको भाग्य र भविष्यलाई सम्झेर बुझेर नेत्रित्व लिन सक्नु पर्दछ । यसको लागि आगामी जुन २८ देखी ३० सम्म ओमनमा हुन गई रहेको ८ औं मध्यपुर्व क्षेत्रिय सम्मेलन एउटा कोशे ढुङ्गा सावित हुन सक्छ । यो शुवर्ण अवसरलाई मध्यपुर्वका NRNA अभियान्ताहरुले हरतरह सही सदुपयोग गर्न सकोस । सम्मेलन सफलताको शुभकामना । (सभापति, नेपाली जनसम्पर्क समिति बहराईन)
जनसवाल दैनिक
दर्ता प्रमाणपत्र नंः १४३८/०७६-७७
ठेगाना: दरबारमार्ग-1- काठमाडौँ, नेपाल
ईमेल: [email protected]
मोबाईल नम्बर: 9851095345
© 2026 All right reserved | Site By : sobij