ग्रिस,गैरआवासीय नेपाली संघ एनआरएनए राष्ट्रिय समन्वय परिषद ग्रीसको तदर्थ समिति गठन गरिएको छ । गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका कोषाध्यक्ष सुनिल साहको प्रमुख आतिथ्यतामा समिति गठन गरिएको हो ।
गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका कोषाध्यक्ष सुनिल साहले कार्यसमितिमा चुनिएका पदाधिकारीलाई पद तथा गोपनियताको सपथ खुवाएका छन । यो गैरआवासीय नेपाली संघ एनआरएनएको ८४ औं राष्ट्रिय समन्वय समिति हो ।
कार्यक्रममा कोषाध्यक्ष साहले ग्रिसमा छरिएर रहेका नेपालीलाई एकसुत्रमा बाँध्ने कदमको सुरुवात गरेको भन्दै एनआरएनए ग्रीसका पदाधिकारीहरुलाई धन्यवाद दिए ।
त्यस्तै भेलालाई सम्बोधन गर्दै एनआरएनए ग्रीसले सम्पूर्ण एनआरएनए राष्ट्रिय समन्वय परिषदसंग सहकार्य र समन्वय गर्दै अगाडि बढ्न कार्यसमितिलाई सल्लाह पनि दिएका छन ।
भेलाले कृष्ण पोखरेलको अध्यक्षतामा १५ सदस्यीय समिति गठन गरेको छ। अध्यक्षमा कृष्ण पोखरेल , उपाध्यक्ष सन्तोष प्रसाद आचार्य, उपाध्यक्ष टीकाराम खड्काथोकी, सचिव अर्जुन केसी, ,सह सचिव अनिल गुरुङ, कोषाध्यक्ष साजन राई, महिला सदस्य सृजना श्रेष्ठ,पञ्चु गुरुङ, सदस्यहरु ध्रुव गुरुङ, मक्का महिना तिरुवा, सृजना दाहाल,राजेश कान्त ओझा, रवीन्द्र मरासिनी,राजु न्यौपाने, लाक्पा लामा टिटुङ रहेका छन ।