आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

म्यान्चेस्टर सिटीले उचाल्यो च्याम्पियनसिप लिगको उपाधी 

आइतबार, जेष्ठ २८ २०८०

काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर सिटी युइएफए च्याम्पियन्स लिगको उपाधी हासिल गरेको छ ।

टर्कीको इस्तानबुलमा शनिवार राती भएको खेलमा इन्टर मिलानलाई १–० ले पराजित गर्दै सिटीले च्याम्पियनसिप लिगको उपाधी जीत हासिल गरेको हो ण्।

शनिवार राती एटाटर्क ओलम्पिया स्टेडियममा शनिबार राति भएको फाइनल खेलको पहिलो हाफ बराबरीमा रोकिएको थियो । निकै प्रतिस्पर्धात्मक र रोचक देखिएको उक्त खेलको ६८ औं मिनेटमा रोड्रीले गरेको गोलले सिटीलाई च्याम्पियन सिपको उपाधीका लागि निर्णायक साबित भयो । त्यसपछि दुवै पक्षवाट कुनै गोल निस्क्न नसक्दा खेल १–० मा टुंगिएर सिटी च्याम्पियन सिपको उपाधी चुम्न सफल भयो ।

पहिलोपटक च्याम्पियन्स लिगको उपाधि जित हासिल गरेको सिटीले यसै सिजनको इंग्लिस प्रिमियर लिग र एफए कपको उपाधीमा पनि जीत हासिल गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार