काठमाडौ(जस)– तेस्रो कोल्ड चेन एसिया प्रदर्शनीको आइतबार अन्तिम दिन हो । ओलम्पिया एक्जिभेसन प्रा लि र सेन्थेसिस एक्जिभेसन एण्ड इभेन्टको संयुक्त आयोजनामा भृकुटीमण्डपमा जारी प्रदर्सनिमा विभिन्न उपकरण तथा उत्पादनहरुको प्रदर्सनी गरिएको छ । शुक्रबारदेखि सुरु भएको प्रदर्सनिमा कृषि बिकास मन्त्रालयका सचिब डा गोबिन्दप्रसाद शर्मा (कृषि बिकास) र डा दिपक कुमार खराल (पशुपन्छी बिकास ) ले संयुक्त रुपमा मेलाको उदघाटन गरेका थिए ।
प्रदर्सनिस्थलमा ४० वटा स्टल राखिएको छ । भारतिय कम्पनिहरु तथा नेपाली उत्पादन कम्पनीहरुको प्रदर्सनिमा आफ्नो उत्पादन र उपकरणहरुको प्रदर्सन गरिएको छ । अत्याधुनिक उपकरणहरुको प्रदर्सन गरिएको प्रदर्सनी स्थलमा वएरहाउजिङ, मेटरिएल ह्याण्डलिङ, अटोमेसनलगायतका उपकरणहरुको प्रदर्सनी गरिएको छ ।
भारत तथा नेपाली कम्पनिहरुको सहभागिता रहेको प्रदर्सनिमा नेपाली व्यावसायका निमित्त अति आबस्यक रहेको मानिएको छ । कृषि बजार, दुग्ध उत्पादन, खाद्यान्न, माछा मासु, हरिया तरकारी लामो समयसम्मको लागि चिस्यान गरि भण्डारण गर्न सकिने उपकरहरु मेलाका प्रमुख आकर्षणहरु रहेका छन् । नेपाली व्यावसायिहरुको ब्यापारलाई प्रबर्द्धन गर्ने उधेस्यले यस मेलाको आयोजना गरिएको भारतिय आयोजक प्रमुख एस के त्रिपाठिले बताए ।
नेपाली ब्यबसायलाई बढवा दिने उधेस्यले संचालन गरिएको यश पर्दसनिमा गान्धी अटोमेसन, केन्स टेक्नोलोजी , मनकामना एग्रो, लुङगि इन्ड्रटिज, रुचि फुडलाईन, कृलोस्कर, सौरभ एभरेस्ट लगायतको कम्पनीहरुको उत्पादन प्रदर्सनी गरिएको थियो । ३ दिनसम्म चन्ले उक्त प्रदर्सनिमा शनिवार उल्लेख मात्रामा सहभागिको सहभागिता रहेको थियो भने आइतबार अन्तिम दिन थप उल्लेख्यनिय सहभागी रहने नेपाली आयोजक राकेश महत्तोले बताए ।