आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

राष्ट्रियसभामा बजेटमाथिको सामान्य छलफल सम्पन्न

शुक्रबार, जेष्ठ २६ २०८०

काठमाडौं : राष्ट्रियसभामा आर्थिक वर्ष २०८०-८१ को राजस्व र व्ययको वार्षिक अनुमान बजेट माथिको सामान्य छलफल सम्पन्न भएको छ।बजेटमाथिको सामान्य छलफल सम्पन्न भएपछि राष्ट्रियसभाको आजैको दोस्रो बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले छलफलमा उठेका प्रश्नको जवाफ दिइरहेका छन्। राष्ट्रियसभामा यही जेठ २४, २५ र २६ गते बजेटमाथि सामान्य छलफल भएको थियो।

यही जेठ २४ गतेको बैठकमा अर्थमन्त्री डा महतले ‘आर्थिक वर्ष २०८०र८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भनी प्रस्ताव गरेका थिए।

सरकारले यही जेठ १५ गते सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक अनुमान बजेट प्रस्तुत गरेको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार