आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

युवा ब्यावसायी विकास गुरुङ रास्ट्रीय सेवा सम्मान २०८० बाट सभामुख घिमिरेद्वारा सम्मानित

बिहिबार, जेष्ठ २५ २०८०

काठमाडौँ,फोकस नेपाल संस्थाद्वारा नेपाल पर्यटन बोर्डमा आयोजना गरिएको गणतन्त्र दिवस २०८० को शुभ अवसरमा “समुन्नत नेपाल निर्माणमा सामाजिक संघ संस्थाहरुको भूमिका” विषयक विचार गोष्ठी तथा शुभकामना बिशेष सांस्कृतीक कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा प्रमुख अतिथि सभामुख देवराज घिमिरेले युवा ब्यावसायी विकास गुरुङलाई राष्ट्रिय विशेष सेवा सम्मान २०८० बाट सम्मानित गरेका छन । सफल युवा ब्याबसायी एबं समाजसेवी गुरुङले नेपाली युवाहरुलाई बैदेशिक रोजगारीका आकर्षक देशहरु मकाऊ,युरोपलगाएतका देशहरुमा आकर्षक रोजगारीमा पठाई उत्कृस्ट कार्य गरेको र देश बिकाशको लागी रेमिटेन्समार्फत योगदान गरेकोमा उक्त सम्मानबाट सम्मानित गरिएको हो ।
प्रतिनिधि सभा सभामुख देवराज घिमिरेको प्रमुख आतिथ्यमा संस्थाको अध्यक्ष रामचन्द्र पोखरेलको सभापतित्व तथा पुर्ब श्रम, रोजगार,तथा सामाजिक सुरक्षामन्त्री एबं सांसद शेरबहादुर कुँवर,विशिष्ट अतिथि जनसवाल राष्ट्रिय दैनिकका अध्यक्ष तथा सम्पादक रामजी बगाले लगाएतको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियोे ।
कार्यक्रममा विभिन्न क्षेत्रमा कार्यरत आ–आफ्नो क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका समाजसेवी तथा व्यवसायीहरूलाई सम्मान सहित सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियोे ।

प्रतिक्रिया
सम्बन्धित समाचार