आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

नेपाली क्रिकेट टिमले आज स्कटल्याण्डसँग अभ्यास खेल खेल्दै

बिहिबार, जेष्ठ २५ २०८०

काठमाडौं, २५ जेठ । नेपाली राष्ट्रिय क्रिकेट टिमले आज आफ्नो पहिलो अभ्यास खेल स्कटल्यान्डसँग खेल्दैछ।विश्वकप  छनोटका लागि दक्षिण अफ्रिकामा अभ्यासका लागि पुगेको  नेपालले पहिलो अभ्यास खेल स्कटल्याण्डसँग खेल्न लागेको हो । सो खेल मध्यान्ह दक्षिण अफ्रिकामा १२ः४५ बजेबाट सुरु हुनेछ । यसअघि घरेलु मैदानमा स्कटल्याण्डलाई हराएको नेपालले दक्षिण अफ्रिकामा पुनः अभ्यास खेल खेल्न लागेको हो । आगामी १८ जुनदेखि १९ जुलाईसम्म जिम्बाबेमा हुने छनोट खेलका लागि नेपाली खेलाडी अफ्रिका पुगेकाे हाे ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार