आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

वेस्ट ह्याम युरोपा कन्फ्रेस लिग च्याम्पियन

बिहिबार, जेष्ठ २५ २०८०

काठमाडौ । वेस्ट ह्याम युनाइटेड युरोपा कन्फ्रेन्स लिगको च्याम्पियन बनेको छ । इटालियन क्लब फियोरेन्टिनालाई २–१ ले पराजित गर्दै इंग्लिस क्लब वेस्ट ह्याम कन्फ्रेन्स लिगको च्याम्पियन बनेको हो ।

चेक रिपब्लिकमाको फोर्टुना एरिना प्राहामा बुधबार राति भएको खेलको पहिलो हाफमा गोलरहित बराबरीमा रोकिएको थियो ।

तर, दोस्रो हाफको ६२औं मिनेटमा सेड बेनरहमाले पेनाल्टीमा गोल गर्दै वेस्ट ह्यामलाई १–० को अग्रता दिलाउन सुरु गरेका थिए । तर, ६७औं मिनेटमा फियोरेन्टिना जियाकोमो बोनोभेन्चुराले गोल फर्काए पछि खेललाई १–१ को बराबरीमा रहन आयो ।

त्यसपछि अतिरिक्त समयमा जरोड बोवेनले गोल गरे पछि वेस्ट ह्याम कन्फ्रेन्स लिगको च्याम्पियन बन्न पुग्यो ।

प्रतिक्रिया
सम्बन्धित समाचार