आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

बलात्कार आराेपमा एकजना पक्राउ

मंगलबार, जेष्ठ २३ २०८०

काठमाडौं, २३ जेठ । २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा नागार्जुन नगरपालिका-४ बाफल डेरा गरी बस्ने नुवाकोट बेलकोटगढी नगरपालिका-७ घर भएका ३५ वर्षीय कृष्ण तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।  तामाङले ती महिलालाई पीडितकै कोठामा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएकाे छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार