आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

भारतमा चार नेपाली ‘भारत गौरव सम्मान, २०२३’ बाट सम्मानित

सोमबार, जेष्ठ १५ २०८०

 

लखनऊ—जेष्ठ १५, २०८०

भारतमा चार नेपाली ‘भारत गौरव सम्मान, २०२३’ बाट सम्मानित भएका छन। सम्मानित हुनेहरुमा पत्रकार सरोज ओझा, गायक एवम् संगितकार बिनोद ढकाल, मोडल एवम अभिनेत्री नितु कोईराला र समाजसेवी सुशिला थापा रहेका छन। उनीहरुलाई विश्व मानव अधिकार परिषदले उक्त सम्मानबाट विभुषित गरेको हो। जेष्ठ १४ गते लखनऊ स्थित उर्दु एकेडेमी सभाहलमा आयोजित कार्यक्रममा भारतस्थित विभिन्न राज्य एवं नेपाललगायत बिभिन्न मुलुकका नागरिकहरुलाई सम्मान प्रदान गरिएको थियो।

सो अवसरमा प्रोफेसर, उच्च प्रहरी अधिकारी, सामाजिक अभियान्ता, पत्रकार, कलाकार, चिकित्सक लगायतलाई मेडल, प्रमाणपत्र एवं ट्रफीबाट सम्मानित गरियो। जसमा सोक्रेट रिसर्च रिसर्च युनिवर्सिटीका भाईस चान्सलर डा. आशिस गुप्ता, कास्मीरका आईजिपी कार्फ एम एस भाटिया, आईपिएस डिआईजी सभाराज, सुजित कुमार सिंह, आईपिएस अफिसरहरु सिमआ नावी, तनुश्रीलाई लाईफटाईम एचिवमेन्ट अवार्ड समर्पण गरिएको थियो।

भारतमा प्रसिद्दि कमाएका टिभी आर्टिस्ट रेखा शर्मा, सामाजिक अभियान्ता एवं कलाकार ममता राजपुत, टप न्युजकी निधी सिंहलगयतले उक्त अवार्ड प्राप्त गरेका छन। विश्व मानवाधिकार परिषदका अध्यक्ष डा. एम. आर. अन्सारीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा अनवासल हक, राम अकवाल, बहादुर सिंह लगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार