आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

कांग्रेस प्रचार विभाग प्रमुखमा मीन विश्वकर्मा मनोनित

शुक्रबार, जेष्ठ १२ २०८०

 

काठमाडौं, १२ जेठ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको सूचना, सञ्चार तथा प्रचार विभागको प्रमुखमा केन्द्रीय सदस्य मीन विश्वकर्मालाई मनोनयन गरेका छन् । पार्टी प्रवक्ता डा. प्रकाशशरण महत अर्थमन्त्री बनेपछि सभापति देउवाले प्रचार विभाग प्रमुखमा विश्वाकर्मालाई मनोनयन गरेका हुन् ।  कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार सभापति देउवाले कांग्रेसको विधान २०१७ (संशोधनसहित) को धारा २५ (९) र धारा ३७ (१) (ग)ंअनुसार विश्वकर्मालाई प्रचार विभाग प्रमुखमा मनोनयन गरिएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार