zestkhabar

आइतबार, जेष्ठ २१ २०८०

  • आइतबार, जेष्ठ २१ २०८०
Janasawal - ढोरपाटन नगरपालिकाका मेयर एबं इमेज सहकारीका अध्यक्ष देवकुमार नेपाली फरार,सर्वसाधारणको अरबौ रकम डुब्यो,नेपालीको मेयर पद धरापमा

ढोरपाटन नगरपालिकाका मेयर एबं इमेज सहकारीका अध्यक्ष देवकुमार नेपाली फरार,सर्वसाधारणको अरबौ रकम डुब्यो,नेपालीको मेयर पद धरापमा

ढोरपाटन नगरपालिकाका मेयर एबं इमेज सहकारीका अध्यक्ष देवकुमार नेपाली फरार,सर्वसाधारणको अरबौ रकम डुब्यो,नेपालीको मेयर पद धरापमा


  • जनसवाल
  • आइतबार, जेष्ठ ७ २०८०
3.4K
SHARES

काठमाडौं,सर्वसाधारण नागरिकको अर्बाैं रकम संकलन गरेर निजी घरजग्गामा लगानी गरेर रकम हिनामिना गरेका इमेज सहकारीका संस्थापक अध्यक्ष एबं ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीले सर्वसाधरणको रकम फिर्ता नगरी शुक्रबारदेखि सम्पर्कविहिन भएका छन । उनले मोबाईल अफ गरेर बेपत्ता भएपछि कसैले आईतवार प्रहरीले पक्राऊ गरेको बताएका छन भने कसैले सेटिंग गरेर दिल्ली पुगेको बताएका छन । नेपाली बागलुङ ढोरपाटन नगरपालिकामा एमालेबाट दोस्रो कार्यकाल मेयर भएका हुन ।
इमेज सहकारीमा १५ सय बढी सेयर सदस्यको झन्डै ५ अर्ब बढी बचत रहेको थियो । त्यो रकम दुरुपयोग गर्दै मेयर नेपालीले आफ्नो,श्रीमती र नातेदारको नाममा बागलुङ, पोखरा र काठमाडौंमा व्यक्तिगत घरजग्गा खरिद गर्नुका साथै मोजमस्ती गरेका थिए ।
ती घरजग्गाबाट पनि मेयर नेपालीले प्रभु बैंक, ग्लोबल बैंक, नेपाल इभेस्टमेन्ट मेगा बैंक र गरिमा बैंकबाट झन्डै ५० करोड रुपैयाँबराबर कर्जा लिईसकेका छन । इमेज सहकारीका नाममा पनि ३५ करोडको कर्जा लिएको कर्जा सूचना केन्द्रको तथ्यांकमा रहेको छ । बागलुङका प्रमुख जिल्ला अधिकारी (सिडिओ) रोशनीकुमारी श्रेष्ठले इमेज सहकारीका संस्थापक अध्यक्ष एबं मेयर देवकुमार नेपाली सम्पर्कविहीन भएको र फरार भएको भन्दै प्रशासनमा निवेदन परेको बताए ।मेयर देवकुमार नेपाली तीन दिनदेखि सम्पर्कविहीन भएका छन । इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष समेत रहेका नेपाली सम्पर्कविहीन भएका हुन । अध्यक्ष नेपालीले सहकारी संस्थाको अरबौ रकम हिनामिना गरेर फरार भएका हुन ।
जिल्ला प्रशासन कार्यालयमा इमेज सहकारीका सेयर सदस्यहरुले मेयर भागेको भन्दै निवेदन लिएर आएपछि हामीले सम्पर्क गर्न खोज्यौं । तर, उनी सम्पर्कविहीन छन बागलुङकी प्रमुख जिल्ला अधिकारी श्रेष्ठले बताईन ।
श्रेष्ठका अनुसार ४ दिन अगाडि इलाका प्रहरी कार्यालय बुर्तिबाङमा आर्थिक समस्या भएको कारणले निरन्तर रुपमा मानसिक टर्चर आएको भन्दै मेयर नेपालीले पत्र दिएका थिए ।
उनले प्रहरीमा निवदेन दिएर फरार भएका छन । नगरपालिकाको तर्फबाट केही जानकारी नआएपनि प्रशासनले निरन्तर खोजिरहेको छ’ प्रजिअ श्रेष्ठले भनिन ।
नगरपालिकाका उपप्रमुख धनबहादुर कठायतले आफूलाई कार्यवाहक नगर प्रमुख दिएर उनी अहिले सम्पर्कविहीन भएको बताए । उनले ५ गते आफू नआउन्जेल कार्यवाहक चलाउनुस भन्ने पत्र दिएर गएका हुन । त्यसपछि कहाँ छन भन्ने थाहा छैन’ उपप्रमुख कठायतले बताए । अध्यक्ष नेपालीलाई सम्पर्क गर्न खोजेता पनि उनीसँग सम्पर्क हुन नसकेको कठायतले बताए । सहकारीमा समस्या थियो पत्र दिएपछि कहाँ गए , किन हराए भन्ने केही थाहा छैन’ उपप्रमुख कठायतले बताए ।
मेयर नेपालीका छोरा सन्तोष नेपालीले डेढ करोड रकम तिर्न नसकेपछि थापा मोटर्स प्रालि पोखराले केही महिनाअघि ‘चेक बाउन्स’ मा निवेदन दिएका थिए । निवेदनपछि बैंकले सन्तोष नेपालीलाई कालोसूचीमा राखेको छ भने उनी पनि फरार रहेका छन । चेक बाउन्सलाई पछिल्लोपटक बैकिङ कसुरका रूपमा लिने गरिन्छ ।
इमेज सहकारी गत महिना समस्याग्रस्त भएपछि संस्थापक अध्यक्ष देवकुमार नेपालीले व्यक्तिगत सम्पत्ति बेचेर भए पनि बचतकर्ताको रकम फिर्ता गर्ने भन्दै पत्रकार सम्मेलन नै गरेका थिए । तर, उनका सबै सम्पत्ति बैंकमा धितोका रूपमा रहेकाले नेपाली आफूसँग रहेको नगद लिएर विदेश भाग्ने तयारीमा थिए । उनले योभन्दा पहिला पनि अरबौ रुपैया विदेश पठाईसकेका उनकै कर्मचारीहरुले बताए । नेपालीले रकम फिर्ता माग्न जानेलाई उनले मूल्यांकनभन्दा बढी रकम भनेर घर तथा जग्गा लिन दवाब दिर्दै आउने गरेका थिए ।
बागलुङ सदरमुकाममा रहेको इमेज बचत तथा ऋण सहकारी संस्था लिमिटेडले कारोबार बन्द गरेसँगै बचतकर्ताले घेराबन्दी गरि बिभिन्न आन्दोलन गर्ने बताएका छन ।
सहकारीमा बचत गरेको रकम फिर्ता लिन जाँदा फिर्ता नदिएपछि बचतकर्ताहरू महिनौदेखि विचल्लीमा परेका छन। सहकारीले कुनै नाम नरहेको कार्यबाहक अध्यक्षको हस्ताक्षर रहेको एक सूचना प्रकाशन गर्दै अर्को सूचना नआएसम्मका लागि सम्पूर्ण कारोबार बन्द गरेसँगै बचतकर्ताले सहकारी पटक पटक घेरेका छन। सहकारीको देशभर देखिएको आर्थिक संकटका कारण सहकारीमा तरलता अभाव भएको भन्दै कारोबार रोक्का गरेको जनाएपनि सदस्यहरु त्यो मान्न तयार छैनन ।
बागलुङको ढोरपाटन नगरपालिका– १ बुर्तिबाङ घर भई बागलुङ बजारमा बस्ने संगीता परियारले सूचना प्रकाशन गर्नुपूर्व पनि सहकारीले पटक-पटक बचत रकम फिर्ता माग्न जाँदा फिर्ता पठाएको बताइन । चार लाख रुपैयाँ बचत गरेकी परियारले सिस्टमले काम नगरेको भन्दै फिर्ता पठाएर त्यसको भोलिपल्टै कारोबार बन्द गरेको आरोप लगाइन।
बागलुङ नगरपालिका–१ की सुनिता खड्काले आफ्नो १८ लाख रुपैयाँ सहकारीले फिर्ता दिनुको साटो बहाना बनाएर पटक-पटक फर्काउने गरेको बताइन। बचतकर्ताहरू दैनिकजसो सहकारी संस्थाको कार्यालय पुग्ने गरेका छन ।
यस विषयमा संस्थाका सञ्चालक समितिका अध्यक्षसमेत रहेका
ढोरपाटन नगरपालिकाका नगरप्रमुख देवकुमार नेपालीलाई सम्पर्क गर्दा आफूसँग भएको सम्पती बिक्री भएपछी पैसा दिने गैर जिम्मेवार उत्तर दिए । सहकारीमा हरेक दिन बचतकर्ताहरूको भिड लागेपछि प्रहरीले सुरक्षा दिने गरेको छ । सहकारीका अर्का सञ्चालक चित्रबहादुर भण्डारीले सहकारी समस्यामा नरहेकाले बचतकर्ता सबैको पैसा फिर्ता हुने आश्वासन दिएका छन । बचतकर्ता एकैपटक चल्ती र मुद्दतीको रकम झिक्न आउँदा पुँजी व्यवस्थापन हुन नसकेकाले केही दिनमा समस्या समाधान हुने सहकारीको दाबी रहेपनी उक्त सहकारीले सुरु देखी नै धेरै ब्याज दिएर पैसा उठाउने गरेकोले नियत नै खराव भन्ने प्रस्ट देखीन्छ ।
सहकारी र नगरपालिकाका मेयर नेपाली पक्राऊ परेपछि उनको पद नै धराप परेको छ । आफुलाई नै मत दिएर बिजय गराउने स्थानीय ब्यक्तिहरुको अरबौ रकम ठग्ने मेयर नेपालीको मेयर पद पनि जोखिममा परेको छ । एमाले अध्यक्ष केपी शर्मा ओली सँग अत्यन्तै निकट सम्बन्ध बताउने नेपालीले ओलिकै आडमा दोस्रो पटक मेयरको टिकेट पाएका थिए । मेयर नेपालीले पैसाकै आडमा मेयर जित्न सफल भएका थिए ।
२०५८ मा नेपाल बैंकबाट सबै सम्पत्ती लिलामीमा परेर ढोरपाटन छाडेका नेपालीले पोखरा गएर इमेज सहकारी संचालन गरि सहकारीलाई नै ठगीको माध्यम बनाएका थिए । नेपालीले पोखरा गएपछि आफ्नो पहिलेको बुढीलाई छाडेर तिब्बेतियन शरणार्थीलाई दोस्रो बिहे गरेका थिए । तेही सहकारीबाट ठगेको रकमले पुन ढोरपाटन फर्की नेपालीले पैसाकै आडमा मेयर पद कब्जा गरेका थिए । बास्तबिक नाम देवकुमार दर्जी भएपनि उनले देवकुमार नेपाली लेख्दै आएका थिए ।
सयौ कर्तुत गरि झुटको खेतीमार्फत अहिले सम्म आफ्नो साम्राज्य बनाउन सफल नेपालीको साम्राज्य अन्तत अन्त्य भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा

ताजा अपडेट