आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ

आइतबार, जेष्ठ ७ २०८०

 

काठमाडौं, ७ जेठ । काठमाडौं महानगरपालिका-३१ आलोकनगर बस्ने गोपाल मगरको घरमा जुवातास खेलिरहेको अवस्थामा ललितपुर, ललितपुर महानगरपालिका-२७ घर भएका ५० वर्षीय श्रीराम थापामगर समेत १२ जनालाई  प्रहरीले पक्राउ गरेको छ ।

 

विशेष सूचनाको आधारमा प्रहरी वृत्त नयाँबानेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई ६ बुक तास र नगद ८४ हजार ६ सय २० रूपैयाँसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएकाे छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार