बिहिबार, असोज १ २०८३

बिहिबार, असोज १ २०८३

निर्यात व्यवसायी महासंघ नेपाल र नेपाल व्यवसायीसंघ कतारबीच निर्यात प्रर्वद्धनका लागि अन्तरक्रिया

सोमबार, बैशाख १८ २०८०

काठमाडौं । निर्यात व्यवसायी महासंघ नेपाल र नेपाल व्यवसायीसंघ कतार बीच निर्यात प्रर्वद्धनका लागि अन्र्तक्रिया कार्यक्रम बैशाख १७ गते लाजिम्पाट स्थित सम्पदा गार्डेन होटलमा सम्पन्न भएको छ । नेपाल व्यवसायी कतार संघका अध्यक्ष महेन्द्र चम्लागाई, महासचिव, रमेश भट्ट, लगायत ७ सदस्य प्रतिनीधिमण्डलाई निर्यात व्यवसायी महासंघ नेपालले स्वागत गर्दै नेपालको निर्यात व्यापार बृद्धिका लागि दुइपक्षिय व्यापारका लागि हिजो एक कार्यक्रम आयोजना गरि प्रतिनीधिमण्डल बीच नव निर्वाचित पदाधिकारीहरु अध्यक्ष शंकर प्रसाद पाण्डे, उपाध्यक्ष गोविन्द घिमीरे, दुर्गविक्रम थापा, शान्ता वांसकोटा, महासचिव, ी देवआनन्द सरावगी, सचिव रेखा अर्याल संग भेटवार्ता गरि कतार र नेपाल बीचको बहुपक्षिय व्यापार बृद्धिका लागि छलफल गरेको छ ।

अध्यक्ष शंकर प्रसाद पाण्डेले नेपालको निर्यात व्यापारलाई कतारमा स्थापित गराउन अध्यक्ष महेन्द्र चम्लागाईलाई अनुरोध गर्दै आगामी दिनमा दुवै संस्थाले सहकार्य गरि नेपालका मौलिक वस्तुहरु कतारमा बजार प्रर्वद्धन गर्न अनुरोध गर्नु भयो ।
त्यसै गरि अध्यक्ष महेन्द्र चम्लागाईले कतारमा नेपाली वस्तुहरुको बजार विस्तार गर्न आफू लागि पर्ने, गत मार्चमा भएको एग्रो एक्स्पोमा निर्यात व्यवसायी महासंघको सहभागिताले हामीलाई धेरै कुरामा बुझने र नेपाली वस्तुहरुका वारेमा जनाकारी भयो । हाम्रो सस्थाले आवश्यक सहयोग पुरयाई मेला भब्य रुपमा सम्पन्न भयो । कतार स्थिति नेपाली राजदुतावासको सहयोग सह्रानिय भयो । हाम्रो प्रयासले नेपाली वस्तुको पहिचान दिन उक्त मेला उपलब्धीमुलक रहेको थियो ।

अन्तराष्ट्रिय कतार एक्स्पो अक्टुवर २०२३ मा आयोजना हुन गइरहेको छ । उक्त अन्तराष्ट्रिय मेला कतार स्थित नेपाली राजदुतावासलाई परराष्ट्र मन्त्रालय मार्फत नेपाल हाउस उपलब्ध गराउन निर्यात व्यवसायी महासंघ र नेपाल व्यवसयी संघ कतारले पहल गरि सहभागिता गर्न जरुरी रहेको छ । कतार सरकारले दिएको सुविधा नेपाल सरकारले स्विकार गरी नीजि क्षेत्रले संचालन गर्ने गरि कार्यान्वयन गर्न पहल गर्ने, नेपाली वस्तुहरुको प्रर्वद्धन गर्न उक्ता मेला ६ महिना संचालन हुने भएकाले नेपाली वस्तुहरुको निर्यातमा ठूलो भूमिका रहने जानकारी दिदै उक्त कार्यमा निर्यात व्यवसायी महासंघले परराष्ट्र मन्त्रालयमा पहल गर्न अनुरोध गर्नु भयो ।
निर्यात व्यवसायी महासंघ नेपाल र नेपाल व्यवसायी संघ कतारले वहुपक्षिय सहकार्य गर्ने सहमति पत्रमा गत मार्च १९, २०२३ मा कतार एग्रो एक्स्पोको अवसरमा कतार स्थित नेपाली राजदुतावासमा हस्ताक्षर गरि गरिएको थियो ।
कतार स्थित नेपालीहरुको उल्लेख्य वसोवास भएकोले नेपाली वस्तुहरु, खाद्य वस्तुहरु, चिया, कफी, अदुवा, मसला, पश्मिना, गलैचा, पानी, अर्गानिक तरकारी, बिक्री प्रर्वद्धन गर्न केही कानूनी आधारहरु मापदण्ड पुरा गरि बजार प्रर्वद्धन हुने र नेपालीले नेपाली वस्तुहरु प्रयोग गर्ने भएकाले नेपाली उद्योगी व्यावसासीहरुले सो अवसरलाई गुमाउनु हुदैन र दुवै सस्थाहरुले यस कार्यमा लाग्नु पर्ने चम्लागाईले बताउनु भयो । ढुवानी भाडा दरमा नेपाल एयरलाइन्सलाई नेपाल सरकारले सहुलियत दरमा सामान बोक्ने आवश्यक निती वनाउन सहयोग गर्न सरकारलाई बुझाउनु पर्ने सुझाव दिनु भयो ।
अन्र्तक्रिया कार्यक्रममा सहभागिहरु बीच वस्तु प्रर्वद्धन गर्न कतारको नियम, र कुन वस्तुको बजार हुने विषयमा अनुभव आदान प्रदान भएको थियो । कार्यक्रम संचालन निर्यात व्यवसायी महासंघका महासचिव, देवआनन्द सरावगीले गर्नु भएको थियो भने उपाध्यक्ष गोविन्द घिमीरेले गत मार्चमा भएको कतार एग्रो एक्स्पो, २०२३ उपलब्धी, दुवै संस्थाले नेपाल र कतार बीच निर्यात प्रर्वद्धन र आगामी दिनमा सहकार्य गर्न सकिने योजना, कार्यान्वयन गर्न सकिने ऐजेण्डा प्रस्तुत गर्नु भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार