आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

एनआईसी एशिया बैंकका संस्थापक अध्यक्ष अग्रवाललाई ‘सुप्रबल जनसेवाश्री’ विभूषण प्रदान

सोमबार, बैशाख ४ २०८०

काठमाडौँ । एनआईसी एशिया बैंकका संस्थापक अध्यक्ष तथा हालका प्रमुख सल्लाहकार जगदीश प्रसाद अग्रवाल ‘सुप्रबल जनसेवाश्री’ विभूषण्बाट विभुषित भएका छन् । संविधान दिवसको अवसरमा गत असोजमा घोषित उक्त विभूषण शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले प्रदान गरेका हुन् ।
राष्ट्रपति कार्यालयमा आयोजित सुशोभन समारोहकाबीच विभुषित भएकामा अग्रवाललाई सम्पूर्ण बैंकले हार्दिक बधाई ज्ञापन गर्दै बैंकको तर्फबाट राष्ट्रपतिप्रति हार्दिक कृतज्ञता जाहेर गरेको छ ।

६ दशकदेखि देशको उद्योग, वाणिज्य तथा व्यापार क्षेत्रमा अनवरत रुपमा सक्रिय उनले देशको सर्वाङ्गीण आर्थिक तथा सामाजिक विकासमा उल्लेखनीय योगदान पु-याउदै आएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार