काठमाडौं(जस)–जनसवाल राष्ट्रिय दैनिक प्रेस काउन्सिल नेपालको पत्रपत्रिका वर्गीकरणको सूचीमा राष्ट्रिय ‘क’ वर्गमा परेको छ । प्रेस काउन्सिल नेपालले सार्वजनिक गरेको आ.व. २०७७/०७८ को पत्रपत्रिका वर्गीकरण नतिजामा जनसवाल राष्ट्रिय दैनिक राष्ट्रिय ‘क’ वर्गमा परेको हो ।
काउन्सिलले यसअघि सार्वजनिक गरेको पत्रपत्रिका वर्गीकरण नतिजामा पनि जनसवाल ‘क’ वर्गमा रहँदै आएको थियो । विगत १८ वर्षदेखि नियमित रुपमा प्रकाशन हुँदै आएको जनसवाल दैनिकले राष्ट्रिय रुपमा मूलधारका मुद्दाहरुलाई आफ्नो प्रमुख विषयबस्तु बनाउँदैं आएको छ ।
निष्पक्ष र निर्भिक पत्रकारितालाई आफ्नो मूल मन्त्र बनाउँदै सञ्चालनमा आएको जनसवाल दैनिकले राष्ट्रमा ब्याप्त विकृति, बिसंगति र भ्रष्टाचारबिरुद्ध कलम चलाउँदै आएको छ । जनसवाल डटकम अनलाइन, अर्थ रोजगार टेलिभिजन कार्यक्रम, जनदबाब साप्ताहिकसमेत प्रकाशन गर्दै आएको जनसवाल पब्लिकेसनद्धारा जनसवाल दैनिक प्रकाशन हुँदै आएको छ ।