आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

नेपाल प्रहरीलाई गौरव गर्न लायक संगठनका रूपमा स्थपित गर्नुपर्छः उपप्रधानमन्त्री श्रेष्ठ

सोमबार, चैत्र २० २०७९

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल प्रहरीलाई गौरव गर्नलायक संगठनका रूपमा स्थापित गर्न जरूरी रहेको बताउनुभएको छ । उहाले गैरकानुनी कृयाकलाप रोक्न प्रहरी सक्षम हुनुपर्ने बताउनुभयो ।
नेपाली जनताले नेपाल प्रहरीलाई नयाँ रूपमा देख्न पाउनुपर्ने उहाको भनाइ छ । उहाँले नयाँ नीति योजना आचरण र संस्कृति निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।
‘हाम्रो पद भनेको जिम्मेवारी हो । हामी हाकिम बन्ने होइन,’ श्रेष्ठले भन्नुभयो, ‘गरिब असहाय र पीडित मान्छे प्रहरी कार्यालयमा जान्छ । उनीहरूका मुद्दाहरू प्रहरीले सुनिदिनुपर्छ । वास्ताविक जनताका मुद्दाहरू प्रहरीले सुनिदिनुपर्छ ।’

सोमबार प्रहरी प्रधान कार्यालयको अनुगमनका क्रममा उहाँले भन्नुभयो, ‘हामीले शासकीय अहंकार देखाउने । त्यो सासकीय अहंकारसहित तथाकथित पदलाई स्थापित गराउने र लाभ र सुविधाकेन्द्रीत बनाउनेमा हामीहरू केन्द्रित हुनुहुँदैन ।’
सबैले राष्ट्र र जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्नेमा जोड दिनुभयो । जनतालाई सेवा दिन राज्यका सबै संयन्त्र लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो । ‘प्रहरी संगठनले जति काम गर्न सक्यो त्यति यो परिवर्तन जनतासँग पुग्छ । त्यति नै यो परिवर्तनको रक्षा हुन सक्छ,’ उपप्रधानमन्त्री श्रेष्ठले भन्नुभयो, ‘प्रहरी संगठनको कामबाट नै जनतामा सरकार हाम्रो पोल्टामा आइपुग्यो भन्ने स्थापित गर्न सक्नुपर्छ ।’
राजनीतिक परिवर्तन र नयाँ प्रकारको लोकतन्त्रको मर्मअनुसार जनतालाई सेवासुविधा दिन राज्यका निकायहरू क्रियाशील हुनुपर्नेमा उपप्रधानमन्त्री श्रेष्ठले जोड दिनुभयो ।

कार्यक्रममा प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले निर्देशनका लागि उपप्रधानमन्त्री तथा गृहमन्त्रीप्रति कृतज्ञता ज्ञापन गर्नुभयो । उपप्रधानमन्त्री श्रेष्ठको नेतृत्वमा प्रहरीको वृत्तिविकासमा प्रभावकारी कदम चालिनेमा आफू आशावादी रहेको उहाँको भनइ थियो ।
उहाँले संगठनको सुद्धीकरण सुदृढीकरणका लागि आन्तरिक सुदृढीकरण आवश्यक रहेको कुँवरको भनाइ थियो । उहाँले त्यसका लागि आफू दृढताका साथ लागेको उल्लेख गर्नुभयो ।

उपप्रधानमन्त्री श्रेष्ठले पोलिग्राफ सेक्सन, डाटा सेन्टर, डिजिटल फरेन्सिक ल्याबलगायतको अनुगमन गर्नुभएको थियो ।
सोमबार बिहान प्रहरी प्रधान कार्यालयको आयोजनामा उपप्रधानमन्त्री श्रेष्ठले अबलोकन भ्रमण,निरीक्षण तथा निर्देशन दिने कार्यक्रम रहेको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार