ओमान,गैरआवासीय नेपाली सोसल क्लब एनआरएनए ओमानको सातौ महाधिवेसन २०२३ आज एनबिओ अडोटोरियम हल मस्कटमा हुदैछ । सातौ महाधिवेसनले एनआरएनए ओमानको आगामी २०२३- २५ कार्यकालको लागी नयाँ कार्यसमिति चयन गर्दैछ । उक्त सातौ महाधिवेसनका लागी सम्पुर्ण तयारी पुरा भएको एनआरएनए ओमानका अध्यक्ष बिकल झाले बताए । कार्यक्रमका लागी मध्यपुर्वका अन्य देशहरु कतार,युएई,साउदी अरवबाट आईसिसिमा नेतृत्व गर्ने पदाधिकारी र अभियन्ताहरुको ओमानमा जमघट भएको छ । उक्त कार्यक्रममा सहभागी हुनका लागी एनआरएनए युवा उपाध्यक्ष राज रेग्मी, मध्यपुर्व संयोजक मनोज गोर्खाली,एनआरएनए युएईका उपाध्यक्ष बिकास सही ओमान आईसकेका छन । महाधिबेसनमा सहभागी हुनको लागी एनआरएनए आईसिसि उपाध्यक्ष आरके शर्मा,नरेन्द्र भाट,सचिव प्रविन गुरुङ,एनआरएनए अभियन्ता राजु सैयद,शनि कुमार ओली,एनआरएनए कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानलगाएत अतिथिहरु शुक्रवार ओमान आउने अध्यक्ष झाले बताए । एनआरएनए आईसिसिका अर्का उपाध्यक्ष डिबि क्षेत्री ओमानमै रहेका छन ।
आगामी २०२३- २५ कार्यकालको लागी पहिलो अधिवेसन ओमानको भएकाले यसलाई महत्वका साथ हेर्दै मध्यपुर्वका एनआरएनए नेतृत्वहरु ओमानमा जम्मा भएका हुन । आगामी आईसिसि नेतृत्व मध्यपुर्वले दावी गरिरहेको अवस्थामा ओमानमा मध्यपुर्वका नेतृत्वको जमघटलाई अर्थपुर्ण रुपमा हेरिएको छ । एनआरएनए आईसिसिको आगामी नेतृत्वका लागी मध्यपुर्वबाट उपाध्यक्ष आरके शर्माले दावी गरेका छन ।
उक्त महाधिवेसनमा
ओमानमा रहेको नेपाली दुतावासलगाएत नेपाली संघ सँस्थाहरुको उपस्थिति रहने अध्यक्ष झाले बताए ।