आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

राष्ट्रपतिबारे अन्तिम निर्णयको अधिकार प्रचण्डलाई

सोमबार, फाल्गुन ८ २०७९

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकले राष्ट्रपति चयनबारे अन्तिम निर्णय गर्ने अधिकार पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ ।

बैठकपछि पार्टीको निर्णय बारे जानकारी दिदै प्रवक्ता कृष्णबहादुर महराले बैठकमा राष्ट्रपतिमा राष्ट्रिय सहमति खोजी गर्ने विषयमा छलफल भएको बताए ।

प्रवक्ता महराले व्यक्तिको बारेमा छलफल नभएको बताए । साथै राष्ट्रपति चयनबारे अन्तिम निर्णय गर्ने अधिकार पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको महराले बताए ।

बैठक अघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसँग सिंहदरबारमा छलफल गरेका थिए ।

राष्ट्रपति निर्वाचन मिति नजिकिँदै जाँदा सत्ता गठबन्धनमा खटपट बढ्दै गएको छ भने प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले माओवादीलाई फकाएर नयाँ समीकरणको प्रयासमा जुटेको छ ।

राष्ट्रपतिको उम्मेदवारका विषयमा चर्चा भइरहेको अवस्थामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका कांग्रेसक शिर्ष नेताहरुले आइतबार साँझ प्रधानमन्त्री प्रचण्डसँग छलफल गरेका थिए ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको उक्त छलफलमा कांग्रेसले राष्ट्रपतिमा आफूलाई सहयोग गर्न आग्रह गरेको र प्रधानमन्त्री प्रचण्डले पार्टीमा छलफल गरेर जवाफ दिने बताएका थिए ।

फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनको लागि १३ गते मनोनयन दर्ताको कार्यक्रम छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार