आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

फागुन २५ देखि जजिराले भैरहवाबाट फेरि उडान भर्ने

आइतबार, फाल्गुन ७ २०७९

काठमाडौं । कुवेतको जजिरा एयरवेजले आगामी २५ गतेदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पुनः उडान भर्ने भएको छ ।

विमानस्थलबाट जजिराले पुरानै तालिका अनुसार भैरहवा–कुवेत–भैरहवा सातामा तीन उडान भर्ने भएको हो ।

विमानस्थल कार्यालयका प्रवक्ता सुवास झाका अनुसार जजिराले मंगलबार, बिहीबार र शुक्रबार उडान भर्नेछ । बिहान ७:५ बजे विमानस्थलमा ल्यान्ड हुने र ८:५ मा कुवेतका लागि उड्ने उनले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार