आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

नेपालमा पर्यटन प्रवर्द्धन गर्न एनआरएनएले सोमवार बृहत कार्यशाला गोष्ठी गर्दै

आइतबार, फाल्गुन ७ २०७९

काठमाडौं,गैरआवासीय नेपाली संघ एनआरएनएले नेपालको पर्यटन प्रबर्दन विषयमा काठमाडौंस्थित नेपाल पर्यटन बोर्डमा २० फेब्रुअरीमा बृहत कार्यशाला गोष्ठी आयोजना गर्ने भएको छ । एनआरएनए नेपाल पर्यटन प्रवर्द्धन समितिले नेपालको पर्यटन उद्योगको विकास र सफलताका लागि सहकार्य बिषयक अन्तक्रिया कार्यक्रमको आयोजना गरेको हो ।
गैरआवासीय नेपाली संघ, नेपाल पर्यटन बोर्ड र युरोप नेपाल चेम्बर अफ कमर्श फर टुरिज्मको सामुहिक आयोजनामा नेपालको पर्यटन प्रबर्दन विषयमा एक कार्यक्रमको आयोजना हुन लागेको हो ।
कार्यक्रममा नेपाली पर्यटनको विश्वव्यापी प्रवर्द्धनका लागि प्रभावकारी उपायहरूबारे छलफल हुनेछ त्यस्तै नेपाली पर्यटनको विश्वव्यापी प्रवर्दनका लागि प्रभावकारी लबीको लागि उपयुक्त संयन्त्र निर्माण गर्ने र नेपाली पर्यटनका समस्या र चुनौतिलाई प्राथमिकताका आधारमा सम्बोधन गर्ने र सहमति भएको निर्णय कार्यान्वयन गर्ने विषयमा छलफल हुने संघका प्रवक्ता एबं पर्यटन समितीका संयोजक सोम सापकोटाले बताए । सापकोटाले कार्यक्रमको सम्पुर्ण तयारी सकिएको जनाउदै सरोकारवाला निकायलाई उपस्थितिको लागी अनुरोध गरे ।
खासगरी राजदुतहरुले विदेशमा रहेर जिम्मेवारी सम्हाल्दा नेपालको पर्यटन प्रवर्द्धनका लागि के गर्नुभयो र भविष्यमा एनआरएनसँग समन्वय गरेर कसरी काम गरेर नेपालको पर्यटन प्रवर्द्धनमा के गर्न सकिन्छ भन्ने बिषयमा कार्यक्रममा समिक्षा गरिने सापकोटाले बताए ।
उक्त कार्यक्रममा पर्यटन, संस्कृति, तथा नागरिक उड्डयनमन्त्री सुदन किराती सचिव सुरेश अधिकारी, नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा धनन्जय रेग्मी,पर्यटन क्षेत्रका विज्ञहरुका साथै नेपालका लागी विभिन्न देशका पूर्व राजदुतहरुको उपस्थिति रहने बताइएको छ । कार्यक्रममा पुर्व राजदुतहरुले पर्यटन पर्वर्दनका लागी आ आफ्नो अनुभव सुनाउनेछन ।
यसरी कार्यक्रमबाट निस्केका निष्कर्षले नेपालको पर्यटन प्रवर्द्धनमा महत्वपुर्ण भूमिका खेल्ने अपेक्षा आयोजकले गरेको छ । कार्यशाला गोष्ठीमा सहभागीताका लागि गैरआवासीय नेपाली संघले सबै सरोकारवाला निकायलाई आग्रहसमेत गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार