शिवरात्रीको अवसरमा थाइल्यान्डको त्रिनाथ देवालय धाममा वाचन साधिका विदुषी माता सपना देवी बाट तृदिवसिय संगितमय शिवपुराण वाचन हुने भएको छ । फागुन ६ गते महाशिवरात्रीको कार्यक्रम देश तथा विदेशमा पनि भब्य रुपमा मनाउने तयारी भएको छ । यहि फाल्गुन महिनाको ४ देखि ६ गते शिवरात्रीको दिन सम्म अर्थात फेब्रुअरी १६ देखि १८ सम्म माताले शिव महिमा आध्यात्मिक कथा सुनाउने कार्यक्रम रहेको मन्दिरका सचिव राजु बलामीले जानकारी गराएका छन ।
धेरै समय अगाडी देखी विदेशमा रहेका नेपाली संघ संस्थाहरुको निमन्त्रणामा माताले दर्जनौं देशहरुमा आध्यात्मिक प्रवचन धार्मिक अनुष्ठान गरिसक्नु भएको छ । उहाँका प्रवचनबाट अहिलेको अस्तब्यस्त तनावग्रस्त अवस्थामा पुगेका मानव लाई धेरै ठूलो राहत मिलेको छ । थाइल्यान्ड हुने यस कार्यक्रम बाट पनि धेरै भक्त श्रद्धालुहरुले आध्यात्मिक आनन्द प्राप्त गर्ने आयोजक सँस्थाले जनाएको छ ।आयोजक सँस्थाले कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको जनाएको छ ।