आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

राष्ट्र बैंकको निर्देशनपछि आज बैंकका सेवा सुचारु नै रहने (बिज्ञप्तिसहित)

सोमबार, फाल्गुन १ २०७९

काठमाडौं । पुष्पकमद दाहाल प्रचण्ड नेतृत्वको सरकारले अकास्मात १ फागुनलाई ‘जनयुद्ध दिबस’ मनाउने भन्दै सार्बजनिक बिदा दिए पनि बैंकहरुका अत्याबश्यक सेवा भने सुचारु हुने भएका छन् ।

नेपाल राष्ट्र बैंकले एक सुचना जारी गरी मुलकभरका बैंकहरुलाइ अत्याबश्यक सेवा प्रवाह नरोक्न भन्दै सेवाग्रहीहरुको हितमा ध्यानमा राखी बिहान ११ बजे देखी अपरान्ह ३ बजेसम्म बैंक सञ्चालन गर्न निर्देशनसमेत दिएपछि सेवा अबरूद्द नहुने भएकाे हाे ।

‘नगद कारोबार, चेक क्लियरिङ, अारटिजिएसलगायत बैंकिङ सेवा प्रदान गर्न बिहान ११ बजे देखी अपरान्ह १ बजेसम्म बैंक तथा बित्तिय संस्थाका आवाश्यक बिभाग तथा कार्यालय खुला राखी सेवा सुचारु गर्ने ब्यबस्था मिलाउन हुन यो सुचना जारी गरिएको छ,’ राष्ट्र बैंकले जारी गरेको बिज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार