आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

प्रगतिशील बैदेशिक रोजगार व्यवसायी मंचमा नया नेतृत्व, अध्यक्षमा रावल,महासचिवमा कट्टेल,उपमहासचिवमा अधिकारी र सचिवमा खतिवडा

शुक्रबार, माघ २७ २०७९

काठमाडौं ,नेकपा एमाले समर्थीत वैदेशिक रोजगार व्यवसायीको सँस्था प्रगतिशील बैदेशिक रोजगार व्यवसायी मंच नेपालको अध्यक्षमा महासचिव जनक रावल मनोनीत भएका छन । मंचका अध्यक्ष राजेन्द्र भण्डारी नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा निर्वाचित भएपछि मंचका महासचिव जनक रावल मंचको अध्यक्ष भएका हुन ।
रावल २ कार्यकाल मंचको सदस्य, २ कार्यकाल उपाध्यक्ष र एक कार्यकाल महासचिव भएका थिए । मंचको उपमहासचिव मिलन कट्टेल महासचिवमा मनोनीत भएका छन । 
बैरो संघको निर्वाचनमा उनी मंचको तर्फबाट महासचिवको उम्मेदवार बनेका थिए । यसअघिका सचिव राजेद्र अधिकारीले उप–महासचिव र श्याम चन्द्र खतिवडाले सचिवको जिम्मेवारी पाएका छन । मंचमा अन्य पदाधिकारी र सदस्यहरु भने यथावत रहेको संस्थाले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार