आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

मलेसियाका गृहमन्त्री आज नेपाल आउँदैं, नेपाली श्रमिकका मुद्दा र श्रम सम्झौताबारे छलफल गर्ने

बिहिबार, माघ १९ २०७९

काठमाडौं(जस)–मलेसियाका गृहमन्त्री सैफुद्दिन नासुसन इस्माइल बिहीबार नेपाल आउने भएका छन् । गृहमन्त्री इजमाइल १५ सदस्यीय टोलीको नेतृत्व गर्दै नेपाल आउन लागेको हो । इजमाइलको टोलीले नेपाल र मलेसियाबीचको श्रम सम्झौताका विषयमा छलफल गर्ने कार्यक्रम रहेको छ । मलेसियाले हालै ५ लाख नेपाली श्रमिक लैजाने निर्णय गरेको थियो । गृहमन्त्री इजमाइलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालसँग छुट्टा छुट्टै भेटवार्ता गर्नेछन् । मलेसिया सुरक्षा गार्डका लागि जानेलाई नेपालमै तालिम दिएर लैजाने विषयमा पनि छलफल हुने बताइएको छ ।
शुक्रबार बिहान १० बजेदेखि श्रम मन्त्रालयको टोलीसँग यस विषयमा छलफल हुने कार्यक्रम राखिएको छ । गृहमन्त्री इजमाइल १५ सदस्यीय टोलीको नेतृत्व गर्दै नेपाल आउन लागेको श्रम मन्त्रालयका सहससचिव प्रवक्ता डण्डुराज घिमिरेले जानकारी दिए । मलेसियाले खासगरी नेपाली सुरक्षा गार्ड लैजाँदै आएको छ । उनीहरुलाई नेपालमै तालिम दिने विषयमा गृहमन्त्रीसँग छलफल हुनेछ । मलेसियाले नेपालमै सुरक्षागार्डको तालिम दिने विषयमा पनि नेपाल सरकारसँग छलफल गर्नेछ ।
अदक्ष श्रमिक लैजाँदा समस्या देखिएको भन्दै मलेसिया जाने सुरक्षागार्डलाई यहीँ तालिम लिएर जाने र त्यसका लागि नेपालमा तालिम केन्द्र स्थापना गर्ने प्रस्ताव मलेसियाले गर्नेछ । यस्तै यसअघि नेपाल र मलेसियाबीच भएको श्रम सम्झौताको विषयमा पनि दुई देशबीच छलफल हुने भएको छ । ‘हामी मलेसियामा नेपाली श्रमिकका अधिकारका विषय उठाउँदैछौं । त्यहाँ श्रम मैत्री वातावरण, समान पारिश्रमिकका कुरा र यसअघि भएको सम्झौता कार्यन्वयनमा हाम्रो जोड रहनेछ’, प्रवक्ता घिमिरेले भने ।

प्रतिक्रिया
सम्बन्धित समाचार