काठमाडौं । विगत धेरै बर्ष देखी अमेरिकाको सान फान्सिस्को निवासी समाजसेवी तथा साहित्यकार मणी नेपाली पनेरुको कृतिहरु अमेरिकमामा लोकार्पण भएको छ। अन्तरराष्ट्रिय नेपाली साहित्य समाज लस यन्जलसको आयोजनामा सो लोकार्पण कार्यक्रम क्यालिफोर्निया लस यन्जलसमा भएको हो। आयोजक संस्थाका अध्यक्ष डन कार्कीको सभापतित्वमा सम्पन्न सो कार्यक्रमका प्रमुख अतिथी नेपाल सरकारका महावाणिज्यदुत ॠषि ढकाल हुनुहुन्थ्यो। नेपाल अमेरिका एकता समाजका नवनिर्वाचित अधक्ष रोशन अधिकारी सम्पूर्ण लस एन्जलसवासी तथा आयोजकको समेत तर्फबाट स्वागत मन्तव्य राख्नु भएको थियो।
पनेरुका चार कृतिहरु सात जुनी-उपन्यास, स्वर्गको गाथा-गीत संग्रह, मुटु हराएको मान्छे-कविता संग्रह तथा हाम्रो झन्डा वाल कविता संग्रह को प्रमुख अतिथी ॠषि ढकाल, बिशेष अतिथि वेद भक्त जोशी लगायतले संयुक्त रुपमा लोकार्पण गरिएको थियो। सो अवसरमा बिभिन्न कवीहरुको कविता वाचन, बिभिन्न गायकहरु गायन समेत प्रस्तूत गरेर उपस्थित दर्शकहरुलाई मनोरन्जन दिएका थिए। सो अवसरमा पनेरुको सात जुनी उपन्यासको चर्चा गर्दै प्रमुख अतिथी ॠषि ढकाल, पशुपती फाउन्डेसनका अध्यक्ष रामेश्वर् भण्डारी, एन आर एन ए क्यालीफोर्निया च्याप्टरका अध्यक्ष एक देव शर्मा, एन आर एन अनरेरी काउन्सिलका सदस्य तथा पश्चिम अमेरिका नेपाली महासंघ वानाका अधक्ष उत्तम कार्की, हामी नेपालीकि नेत्री इन्दिरा त्रिपाठीले शुभकामना मन्तव्य दिनु भएको थियो।
।कार्यक्रमको दोस्रो चरणको काव्य गोष्ठीमा भाग लिनेहरूमा रामचन्द्र लामिछाने,कुशल न्यौपाने,प्रकाश पाण्डे,डन कार्की,कृष्ण देवकोटा र हेमा पनेरू समेतले समसामयिक विषयका चोटिला मार्मिक कविता,लोक दोहरी र गीतहरू प्रस्तुत गरेका थिए । अन्त्यमा सहभागी सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्दै सभाका अध्यक्ष डन कार्कीले कार्यक्रम विसर्जन भएको घोषणा गरेका थिए ।
सो अवसरमा सात जुनी उपन्यासकी प्रकासक हेमा पनेरुले आयोजक तथा उपस्थित सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो। पनेरुको सर्वाधिक लोकप्रिय कृति सात जुनी उपन्यासको बिक्रीबाट प्रापत बहेका र भविष्यमा हुने सम्पूर्ण रकम सौरपानी गाउँको बिकासको लागि प्रदान गरिने घोषणा गर्नु भएको छ।




