काठमाण्डौ । विश्वकप फुटवल दौरान विदेशी नागरीकहरूका लागि कतार प्रवेश गर्न प्रदान गरिएको प्रवेशपत्र ‘हाया कार्ड’ को बैधता सम्बन्धि कतारी आन्तरीक मामिला मन्त्रालयले अन्त्यन्त जरूरी सुचना जारी गरेको छ ।
गत मंसिर ४ गतेदेखि शुरू भएको विश्वकप फुटवल प्रतियोगिता अवधिभर कतार राज्यमा प्रवेश गर्नका लागि प्रदान गरिएको हाया कार्डको बैधतालाइ आन्तरीक मामिला मन्त्रालयले आगामी २४ जनवरी २०२४ अर्थात माघ १० गते २०८० सम्म लम्ब्याइको जनाएको छ ।
मन्त्रालयले आधिकारिक ट्वीटर ह्यान्डल मार्फत यो सुचना जारी गरेको हो । कतार राज्य प्रवेश गर्नका लागि अन्य देशका नागरीकले होटल तथा बस्ने व्यवस्था सम्बन्धि आधिकारिक जानकारि प्रदान गर्नुपर्नेछ । परिवारका सदस्य वा साथीको अनुमतिबारे जानकारी दिनुपर्नेछ ।
कतार प्रवेशका समयमा तीन महिना भन्दा बढी समयले बैधानिकता प्राप्त राहदानी (Passport) साथमा हुनुपर्नेछ ।
कतार वसुन्जेलसम्म बैध रहनेगरी जीवन बीमा गरिएको हुनुपर्नेछ ।
साथमा फर्कने टिकट हुनुपर्नेछ ।
हाया कार्ड भएकाहरूले परिवारका बढीमा तीन जना सदस्यहरूलाइ कतार घुम्न बोलाउंन सक्नेछन् । अर्को बर्षको माघ १० गतेसम्म जति पटक कतार जांदा फर्कदा कुनै शुल्क लाग्ने छैन । यसै हाया कार्डको प्रयोग गरेर सम्न्द्री पोर्ट मार्फत आवत-जावत गर्न सकिनेछ । मन्त्रालयले जारी गरेको सुचनाका अनुसार सबै खाले हाया कार्ड भएकाहरूले यी सुविधा पाउंन सक्नेछन् ।

