आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

एसईईको परीक्षा आगामी चैत १७ गतेदेखि

शनिबार, माघ १४ २०७९

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षा तालिका सार्वजनिक गरेको छ ।

बोर्डको यही माघ ११ गते बसेको बैठकले आगामी चैत १७ गतेदेखि चैत २९ गतेसम्म एसईई परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।

बोर्डका अनुसार नियमित र ग्रेडवृद्धि परीक्षाको पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ । परीक्षाको समय बिहान ८ देखि ११ बजेसम्म तोकिएको छ।

चैत १८ गते शनिबार र २१ गते मंगलबार भने कुनै पनि विषयको परीक्षा सञ्चालन नहुने सूचनामा भनिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार