आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

प्रभु बैंकको सीईओमा तेस्रो कार्यकालका लागि पुन: अशोक शेरचन नियुक्त

शुक्रबार, माघ १३ २०७९

काठमाडौं । सेञ्चुरी बैंकसँग मर्जर भएको प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा अशोक शेरचन नियुक्त भएका छन। यसअघि सोही बैंकमा २ कार्यकाल सीईओ भएर सफल कार्यकाल पुरा गरेका सेरचनको दुई बैंक मर्ज भएपछि पुन: अर्को कार्यकालका लागि नियुक्त भएका हुन । बैंक सञ्चालक समितिको बैठकले शेरचनलाई पुनः सीईओ बनाएको बैंकका अध्यक्ष लीलाप्रकाश सिटौलाले जानकारी दिए । उनी २०७५ माघ १८ गते बैंकको सीईओ नियुक्त भएका थिए।

दुई साताअघि सेञ्चुरी कमर्शियल बैंकलाई प्रभुमा समाहित गरेपछि अशोक तेस्रो कार्यकालका लागि सीईओ बनेका हुन्। अशोकको नेतृत्वमा समस्याग्रस्त किष्ट बैंक र ग्राण्ड बैंकलाई प्राप्त गरेर प्रभु फाइनान्स, प्रभु विकास बैंक हुँदै प्रभु बैंकमा स्तरोन्नति भएको हो। २०७१ भदौ ३० गते तत्कालीन किष्ट बैंक, प्रभु विकास बैंक, गौरीशंकर डेभलपमेन्ट बैंक र जेनिथ फाइनान्स मर्ज गरी प्रभु बैंकको नामबाट कारोबार सुरु भएको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार