काठमाडौं । एनआरएनए एनसिसी कतारको समन्वयमा सल्यान जिल्ला कपुरकोट गाउपालिका बस्ने छबिलाल बुढाको कृतिम खुट्टा प्रत्यारोपण गरिएको छ । कतारमा कार्यरत रहदा सडक दुर्घटना परि आफ्नो खुट्टा गुमाई हमद हस्पिटलमा उपचाररत रहेको बेला एनसीसी कतार द्वारा केही समय पहिले कतार रेड क्रसियन्ट मार्फत सुबिधा सम्पन्न व्हिल चियर प्रदान गरेको थियो।
निज छबिलाल बुढालाई थप सहजका लागि एनसीसी द्वारा रेड क्रसियन्टलाई कृतिम खुट्टाको ब्यवस्थापन गरिदिन समन्वय गरिएको थियो एनसीसीको उक्त पहलले हाल सार्थकता पाई रेडक्र्सियन्ट द्वारा कृतिम खुट्टा जोड्नका लागि आवस्यक रकम निज बुढाको नाममा हमद हस्पिटलमा जम्मा गरि बिहीबार कृतिम खुट्टा जोडिएको छ ।
अब उनी पनि सहज रुपमा हिडडुल गर्न सक्ने स्थिति भएको गैरआवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले जानकारी दिए । ‘छबी लाल बुढा लाई एनएसीसी क़तारसम्म पुरयाऊने गैर आवासीय नेपाली संघका पुर्ब मनार्थ परिषद सदस्य बिल गुरूङ जी लाई हार्दिक धन्यवाद। एनसीसी कतारको पहल र समन्वयलाई स्वीकार गरि आवस्यक प्रक्रिया गर्ने कतार रेड क्रसियन्ट र कृतिम खुट्टा प्रत्यारोपण गर्ने हमद हस्पिटलको टिम प्रती एनसीसी कतार आभार प्रकट गर्दछ साथै निज बुढाको स्वास्थ्य लाभ र आगामी दिन थप सहज बनोस भन्ने कामना गर्दछ’, मुक्तदाद्धारा जारी विज्ञप्तिमा छ ।