आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

प्रवासी नेपाली मन्च अन्तर्राष्ट्रीय कमिटीले गर्यो परराष्ट्रमन्त्रीसँग छलफल, प्रवासमा रहेको परराष्ट्र मन्त्रालयसंग सम्वन्धित विविध समस्याको वारेमा छलफल

बुधबार, माघ ११ २०७९

काठमाडौं । प्रवासी नेपाली मन्च अन्तर्राष्ट्रीय कमिटीले परराष्ट्रमन्त्री डा बिमला राई पौडेलसग छलफल गरेको छ । सो छलफलमा प्रवासमा रहेको परराष्ट्र मन्त्रालयसंग सम्वन्धित विविध समस्याको वारेमा छलफल भएको मञ्च अन्तर्राष्ट्रीय कमिटीका उपसचिव तथा प्रचार बिभाग प्रमुख चानक पोखरेलले जानकारी दिए ।

विज्ञप्ति

आज मिति २४ जनवरी २०२३ ता दिन प्रवासी नेपाली मन्च, अन्तर्राष्ट्रिय कमिटीको आयोजनामा जुम मार्फत परराष्ट मन्त्री माननीय डा बिमला राई पौडेलसग प्रवासमा रहेको परराष्ट्र मन्त्रालय संग सम्वन्धित विविध समस्याको वारेमा छलफल भयो
छलफलको क्रममा हाल माल्टा युके अन्तर्गतको राजदुतावासले हेर्दै आएको र युके युरोपियन युनियनवाट छुट्टीसके पछी माल्टावाट युके आउन भिषाको समस्या परेका कारण माल्टालाई अव उप्रान्त स्पेनको राजदुतावास अन्तर्गत राख्नु पर्ने
पोर्चुगलको नेपालीलाई पासपोर्ट आदीको लागि भईरहेको समस्याको यथासक्य छिटो व्यवस्था गर्नु पर्ने र वेलायतमा रहेका गोर्खाहरुको समस्याहरु साथै अमेरिकाको टेक्सासमा राजदुतावासको कर्मचारीको लापरवाहीको कारण भएको समस्याकोले सेवाग्राहीहरुको काम सम्पादन हुन नसकेको र अमेरीकाको ठुलो भुगोलमा नेपालीले पाउनु पर्ने सुविधा समयमा पुर्याउनको लागि टेक्सास र क्यलिफोर्निसामा कन्सुलेट अफिस राख्न पर्ने कुराहरु साथै मध्येपुर्व र मलेसियामा रहका मजदुरको समस्या समाधानको लागि १८ घण्टा कुरा गर्न मिल्ने गरी र ६ धण्टा कल रिकर्ड हुने गरी सवै राजदुतावासमा कल सेवा उपलव्ध गराउन पर्ने कुरामा जोड गरेको छ !
जवाफमा परराष्ट्र मन्त्री ज्युले नितिगत निर्णय गराउन पर्ने कुरा वाहेक अन्य कुरा यथासक्यो छिटो सम्वोधन गर्ने वचन सहित उहा संग सम्वन्धित विषयमा समयमै सुझाव सहित ध्यानाकर्षण गराएकोमा प्रवासी नेपाली मन्चलाई धन्यावद व्यक्त गर्नु भयो ।
चानक पोखरेल
उप सचिव
तथा प्रचार बिभाग प्रमुख
प्रवासी नेपाली मन्च
अन्तर्राष्ट्रीय कमिटी

प्रतिक्रिया
सम्बन्धित समाचार