वैदेशिक रोजगारमा गएका श्रमिक र व्यवसायीलाई सरकारले विशेष महत्वका साथ हेर्ने प्रधानमन्त्री प्रचण्डको घोषणाप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैदेशिक रोजगारमा गएका श्रमिक र व्यवसायीहरुलाई सरकारले विशेष महत्वका साथ हेर्ने र हेरिरहेको बताएका छन । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको २९ औ साधारणसभाको उदघाटन गर्दै प्रधानमन्त्री प्रचण्डले वैदेशिक रोजगारमा रहेका श्रमिक र व्यवसायीहरुलाई सरकारले विशेष महत्वका साथ हेर्दै वैदेशिक रोजगार व्यवसायको क्षेत्र पारदर्शी र सम्मानित बनाउनका लागि आफुले कुनै कसुर बाकी नराख्ने बताएका छन ।
विदेशमा रहेका श्रमिकहरुको पसिनाबाट देश चलेको जनाउदै वैदेशिक रोजगारमा रहेका श्रमिकहरुलाई उच्च प्राथमिकता दिदै व्यवसायीहरुको काम र व्यवसायलाई पनि विशेषरुपले हेर्नुपर्ने बताए ।
प्रधानमन्त्री प्रचण्डले वैदेशिक रोजगारीको क्षेत्रमा थुप्रै समस्या रहेको भन्दै यसको न्यूनिकरणका लागि व्यवसायीले पनि सहयोग गर्नुपर्ने आवश्यक्ता औल्याए । प्रधानमन्त्री प्रचण्डले वैदेशिक रोजगार व्यवसायको क्षेत्रमा थुप्रै समस्या रहेको जनाउदै यो व्यवसाय संवेदनशील भएकोले यसलाई व्यवस्थित र मर्यादित बनाउनैपर्ने बताए । यसभित्र धेरै विकृति र विसङ्गति पनी छन्, त्यसको अन्त्य गर्नैपर्ने र यो प्रयासमा ब्यावसायीहरूको पनि साथ रहने प्रधानमन्त्री प्रचण्डले बताए ।
वैदेशिक रोजगार ऐन संशोधन गर्नुपर्ने आवश्यक्ता आफुले पनि महसुस गरेको जनाउदै प्रधानमन्त्री प्रचण्डले मन्त्रालयमा मन्त्री र सचिवसँग छलफल गरि यस विषयमा विस्तृत जानकारी लिएर ऐन संसोधनको प्रकृया अघि बढाउने बताए ।
साधारणसभामा बोल्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले वर्तमान अवस्थामा वैदेशिक रोजगारी रोक्न सम्भव नभएको जनाउदै यसलाई सुरक्षित, व्यवस्थित तथा पारस्परिक लाभको क्षेत्र बनाउनुपर्ने बताए ।
मन्त्री अर्यालले विश्व व्यापारीकरणको वर्तमान समयमा वैदेशिक रोजगारी रोक्न असम्भव भए पनि यसलाई सुरक्षित मर्यादित व्यवस्थित तथा पारस्परिक लाभको क्षेत्र बनाउन प्रयास गर्न आवश्यक रहेको बताए ।
मन्त्री अर्यालले वैदेशिक रोजगारीलाई बाध्यात्मक नभएर स्वैच्छिक बनाउने वर्तमान सरकारको लक्ष्य रहेको उल्लेख गर्दै सीपयुक्त र दक्ष जनशक्तिलाई वैदेशिक रोजगारीमा पठाउने गरी काम गर्ने बताए । उनले विदेश जाँदा वा नेपालमै रोजगारी खोज्दा सम्बन्धित क्षेत्रको सीप हासिल गर्नु आवश्यक रहेको जनाउदै
वैदेशिक रोजगार व्यवसायीहरुलाई पनि विधिसंगत रूपमा व्यवसाय चलाउन आग्रह गरे । ब्यावसायी विधिसंगत रूपमा अगाडी बढे सरकारले वैदेशिक रोजगार व्यवसायलाई सम्मानजनक व्यवहार गर्ने बताए ।
उक्त कार्यक्रममा श्रम सचिव एकनारायण अर्यालले मुलुकको अर्थतन्त्र धानिरहेका वैदेशिक रोजगार व्यवसायीहरुप्रति राज्यले खासै ध्यान दिन नसकेको महसुस गरेर नै श्रम मन्त्रालयले वैदेशिक रोजगार व्यवसाय सहज बनाउन धेरै काम गरेको बताए । वैदेशिक रोजगार ऐनको कारण व्यवसायी तथा श्रमिकहरुले दुःख र हैरानी व्योहोर्न बाध्य भैरहेको जनाउदै सचिव अर्यालले कामदार पठाउन झन्झटिलो प्रक्रिया र कानुनका कारण ६ महिनासम्म लाग्ने अवस्था रहेकोले यो परिमार्जन गर्नुपर्ने बताए । हामीले गन्तव्य सिफ्ट गर्ने भनिरहदा युरोपका विभिन्न देशहरुबाट प्राप्त मागको डिमाण्ड प्रमाणिकरण गर्न नसक्दा तेत्तिकै खेर गैरहेको जनाउदै
सचिव अर्यालले वैदेशिक रोजगार ऐन २०६४ र नियमावली क्याविनेटमा लाने तयारी गरिएको बताए ।
उनले भने ऐनमा देखिएका कमीकमजोरीहरुलाई हामीले तुरुन्तै सुधार गर्नुपर्ने अवस्था रहेको र योसँग सम्वन्धित धेरै कानुनहरु संसोधन गर्नुपर्नेछ ।
वैदेशिक रोजगार व्यवसायी भित्र देखिएका कमीकमजोरीहरु सुर्धान पनि सुझाव दिदै सचिव अर्यालले अव आउने कार्यसमितिले वैदेशिक रोजगारीका नाममा बाहिर भैरहेका विकृति निरुत्साहित गर्न लाग्नुपर्ने र यसमा मन्त्रालयले साथ दिने बताए ।
सचिव अर्यालले वैदेशिक रोजगारीमा गएका श्रमिकहरू सबैलाई सामाजिक सुरक्षाकोषमा आबद्ध गर्न कार्यविधि पारित भैसकेकाले यसको तयारी अन्तिम चरणमा पुगेको पनि जनाए ।
संघको साधारणसभामा संघका पूर्वअध्यक्ष प्रेम बहादुर कटुवालले स्वागत मन्तव्य राखेका थिए भने संघका संयोजक विमल ढकालले साधारणसभाको उदघाटन सत्रमा सहभागी सबैलाई आभार प्रकट गर्दै साधारणसभाको उदघाटन सत्र समापन गरेका थिए ।
सधारणसभा सकिएको केहि समयमा संघको बन्दसत्र सुरु भएको थियो । बन्दसत्र सकिएपछि हाल नयाँ कार्यसमितिको निर्वाचनको कार्यक्रम भैरहेको छ । यो समाचार तयार पार्दासम्म धेरै मत झरिसकेको निर्वाचन समितिले जनाएको छ ।
वैदेशिक रोजगार व्यवसायी संघमा साधारणसभासँगै चुनावबाट नयाँ नेतृत्वसमेत चुनिने भएकाले व्यवसायीहरुमा कसले नेतृत्व लिने भन्ने होडबाजी देखिइरहेको छ । चुनावमा आगामी नेतृत्वका लागि ४ वटा प्यानल बनाएर प्रतिस्पर्धी लागेका छन । विभिन्न प्यानलबाट अध्यक्षदेखि सदस्यसम्म गरी ५६ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।
नेकपा एमाले निकट प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मंच नेपालका अध्यक्ष राजेन्द्र भण्डारीले अध्यक्षको उम्मेदवारी दिएका छन । नेपाली कांग्रेस निकट नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएशनका अध्यक्ष कुमुद खनाल, नेपाली कांग्रेसबाटै बागी संघका पूर्वद्वितीय अध्यक्ष भुवनसिंह गुरुङ र माओवादी–नेकपा एस गठबन्धनबाट वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मंचका सल्लाहकार डा. ईश्वर जिसीले अध्यक्षमा उम्मेदवारी दिएका छन ।