आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

अस्पातल पुगेर भेटे सभामुख घिमिरेले वर्षमान पुनलाई

शुक्रबार, माघ ६ २०७९

काठमाडौं, ६ माघ । सभामुख देवराज घिमिरेले अस्पताल भर्ना भएका माओवादी केन्द्रका नेता वर्षमान पुनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । सभामुखको सपथ लिएसँगै घिमिरे अस्पातल पुगेर नेता पुनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् । स्वास्थ्यमा समस्या देखिएपछि नेता पुन ललितपुरस्थित सुमेरु अस्पताल भर्ना भएका छन् । जण्डिससम्बन्धी समस्याबाट नेता पुन लामो समयदेखि पीडित छन् । केही समयअघि पुनले चीन पुगेर स्वास्थ्य परीक्षण गराएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार