आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

आम व्यवसायीको समस्या समाधानमा ध्यान केन्द्रित गर्नेछौं : मेघनाथ भुर्तेल, महासचिवका उम्मेदवार

बिहिबार, माघ ५ २०७९

मेघनाथ भुर्तेल लोकतान्त्रीक वैदेशिक रोजगार एसोसिएसनको तर्फबाट कुमुद खनाल समूहबाट महासचिवका उम्मेदवार हुन् । उहाँ निलकमल ह्युमन रिसोर्स प्रा लि का सञ्चालकका साथै विभिन्न जिम्मेवारी निर्वाह गरेका व्यवसायी भुर्तेल हक्की स्वभावका व्यवसायी हुन् । तिनै महासचिवका उम्मेदवार भुर्तेलसंग संघको निर्वाचनका सन्दर्भमा लिईएको अन्तरवार्ताको सम्पादित अंश :
महासचिव जस्तो जिम्मेवार पदको उम्मेदवार हुनुहुन्छ । के छन् तपाईका एजेन्डा ?
म लोकतान्त्रिक एसोसिएसनको प्यानलबाट उम्मेदवार छु । वैदेशिक रोजगार क्षेत्रमा सुधारका लागि कार्य योजनासहित आएका छौं । त्यसका लागि संघलाई व्यवस्थितरुपमा सञ्चालन गर्नुपर्छ भन्ने मेरो मान्यता छ । महासचिवलाई संघको प्रशासनिक नेतृत्व सम्हाल्ने जिम्मेवारी हुन्छ । संघको सचिवालय व्यववस्थित गराउँदै सबै व्यवसायीको साझा भएर काम गर्नेछु ।
यी प्रतिबद्धताहरु निर्वाचनमुखी हुन की कार्यान्वयन पनि हुन्छन् ?
प्रतिवद्धताको लागि मात्र प्रतिबद्धता होईन । तसर्थ म बृहत योजना सहित निर्वाचनमा आएको छु । हामी प्रतिवद्धतालाई कार्ययोजना सहित आएका छौं । स्वदेशमा रोजगारीको व्यवस्था नभएका कारण श्रम बजारमा आउने युवाहरुलाई वैदेशिक रोजगारमा जानुपर्ने बाध्यता छ । विप्रेषनले धानेको देशमा यसको महत्वको बारेमा सम्बन्धित निकायमा जोडदार आवाज उठाउने छु । तर त्यो रकम भित्र्याउन भूमिका खेल्ने वैदेशिक रोजगार व्यवसायलाई हेर्ने र बुझ्ने सरकारी दृष्टिकोण सकारात्मक छैन । सेवा सुविधाको विषय मा नेपाल सरकार समक्ष व्यवसायीले एक महिनाको तलब बराबर शुल्क लिन पाउनुपर्ने कुरा सरकारसँग माग गरि लागु गर्ने विषयमा लाग्नेछु ।
वैदेशिक रोजगार क्षेत्रमा तुरन्तै सुधार गर्नु पर्ने विषय के हो ?
कानुनी लगायत अनेकन समस्याहरु छन् व्यवसायीका । तर पनि टड्कारो रुपमा रहेको समस्या भनेको वै.रो.ऐन २०६४ लाई समय सापेक्ष परिमार्जन गर्नु नै हो ।त्यसै गरि १०० शंख्याको वाध्यकारी नियम बाट पिडित व्यवसायीहरुलाइ निर्वाचित भए पछि उक्त समस्याबाट मुक्ति दिलाउने काममा लाग्ने योजना छ । देशको अर्थतन्त्र धान्ने यति धेरै व्यवसायीहरुको सचिवालय संचालनको लागि आफ्नै भवन छैन तसर्थ व्यवसायीहरुको आफ्नै निजी भवन निर्माण गर्ने योजना छ । बिभिन्न प्रकारका सिनिडकेटले पिडित व्यवसायीहरुलाई राहत दिन सम्पूर्ण सिन्डिकेटलाई निरुत्साहित गरि बन्द गर्ने योजना छ । त्यसै गरि सम्पुर्न व्यवसायीहरुको समस्याको रुपपमा रहेको माग पत्र प्रमाणीकरण र श्रम स्विकृतिलाई सहजीकरण गर्ने । यसबाहेक व्यवसायी भलाइ कोषको कार्यान्वयन, हाम्रो संविधानले व्यक्तिगत स्वतन्त्रता ग्यारेन्टी गरेकोे छ । तर वैदेशिक रोजगार ऐनमा वार्षिक एक सय जना कामदार नपठाए म्यानपावर कम्पनी खारेज हुने व्यवस्था छ । कुनै व्यवसायी आफैं वा परिवारको सदस्य गम्भीर बिरामी भएर वर्षैभर काम गर्न पाएन भने उस्को लाइसेन्स खारेजी हुने ? त्यो व्यवस्था पनि हटाउन तत्काल लविङ शुरु गर्नेछौं । अर्कोतिर धरौटी फिर्ता गर्न कम्तीमा २ वर्ष कुर्नुपर्ने व्यवस्था पनि हटाउनुपर्छ । कतिपय अवस्थामा कामदारको पनि समस्या छ, हामी बैंकहरुले बनाउने जस्तै बदमासी गर्ने कामदारको पनि कालोसूची बनाउने पक्षमा छौं । व्यवसायीहरुको सबै प्रकारका समस्या समाधानमा निरन्तर लागिने छ ।
अन्त्यमा के भन्न चाहानुहुन्छ ?
बिभिन्न झमेलाका कारा बल्ल लगभग ४ वर्षपछि आफ्नो मताधिकार प्रयोग गर्ने ऐतिहासिक घडीमा हामी छौं । आ–आफ्नो आस्थाको संरक्षण होस् भन्ने व्यवसायीको चाहना स्वभाविक पनि हो । तर व्यवसायको सुरक्षा त्योभन्दा माथि छ । हामी थप बर्बादी र अपमानित हुने दिशामा जाने कि भएका कमीकमजोरी सच्चाएर अघि बढ्ने छनोटको ऐतिहासिक अवस्थामा पनि छौं । अन्त्यमा यहाँहरुले गर्नु भएको भरोसालाई कहिल्यै पनि निरास हुन दिने छैन ।

प्रतिक्रिया
सम्बन्धित समाचार