काठमाडौँ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आगामी शुक्रबार हुने निर्वाचनका लागि अध्यक्षमा उम्मेदवारी दर्ता गराएका भुवनसिंह गुरुङ नेतृत्वको संयुक्त लोकतान्त्रिक व्यवसायीक समुहले विभिन्न प्रतिवद्धताहरु सार्वजनिक गरेको छ ।
संघका अध्यक्षका प्रत्यासी उम्मेदवार गुरुङले एक सय संख्याको व्यवस्था एवं सरकारी नियम कानुनी जटिलता हटाउन पहल गर्ने, दूतावास प्रमाणिकरण आइटी (फेम्स)पूर्व अन्तिम समस्या समाधानका लागि पहल गर्ने , कामदार भलाई कोष एवं संचालकहरुको जीवन बिमा संचालन गर्ने, साउदी आइडीको व्यवस्थामा पहल गर्ने आफ्नो समुहको मुख्य प्रतिवद्धता रहेको बताए ।

गुरुङले व्यवसायिक सुरक्षा संयन्त्रको व्यवस्था, सेवा सुल्क परिमार्जन ,व्यवसायी माथिको अनधिकृत हस्तक्षेप रोक्ने, कर्मचारी एवं कार्यलयको बिमा लागु गर्ने, साउथ एसियन सेन्डिङ अर्गनाईजेशन सम्मेलन गराई अन्तर्राष्ट्रिय काठमाडौ घोषणा पत्र जारि गरि कामदार आपूर्तिमा सहजता ल्याउन सरकारलाई सुझाव दिने, नयाँ गन्तव्य प्रवद्र्धन गर्न सरकारसँग हातेमालो गरेर अघि बढ्ने र गैर कानुनी स्वीकृत रोक्न पहल गर्ने लगायतका व्यवसायीक हितकालागि प्रतिवद्धता व्यक्त गरेका छन ।

यसअघि पनि संघको कार्यसमितिका तिन कार्यकालसम्म आफ्नो जिम्मेवारी पुरा गरिसकेका अध्यक्षका प्रत्यासी गुरुङले आफुले २७ महिना संघमा बसेर काम गर्दा एकहजार ४० वटा उजुरीको फछ्यौट गरेको दावी गरे । बैरो संघलाई व्यवसायीहरुको अभिभावकिय संस्थाको रुपमा अघि बढाउँदै, व्यवसायीका समस्याहरु संघमा नै समिति बनाएर छलफल गराएर अघि बढ्ने आफ्नो योजना रहेको गुरुङले बताए ।
संघको आगामी शुक्रबार हुने निर्वाचनका लागि अध्यक्षका प्रत्यासी संघका पूर्व उपाध्यक्ष गुरुङ नेतृत्वको संयुक्त लोकतान्त्रिक व्यवसायीक प्यानलको तर्फबाट संघको द्धितिय उपाध्यक्षमा मो.जावरद्धिन मियाँ, तृतिय उपाध्यक्षमा मोहनकुमार ढुंगेल, सचिवमा प्रेम लावती, कोषाध्यक्षमा हिरादेवी बुढाथोकीले उम्मेदवारी दिएका छन । यसैगरि, सदस्यमा भगीरथ भण्डारी(भवानी) र चन्द्रकमल श्रेष्ठले उम्मेदवारी दिएका छन ।
