आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

वसन्त वित्यासी थापाको नेतृत्वमा गीतकार संघ

सोमबार, माघ २ २०७९

काठमाडौं । वसन्त वित्यसी थापा गीतकार संघको अध्यक्षमा निर्वाचित हुनुभएको छ । शनिबार काठमाडौंमा समपन्न भएको गीतकार संघको १३औं साधारणसभा तथा छैटौं अधिवेशनबाट थापा अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको हो । यस्तै उपाध्यक्षमा रमेश कोइराला, महासचिवमा टीका राई ‘शिव’, सचिव शित्तल कादम्बिनी र कोषाध्यक्षमा चेतन खतिवडा निर्वाचित हुनुभएको छ ।

यसैगरी सदस्यामा कमल पौडेल, राधा पाण्डे गिरी, जीवन मुकारुङ, भगवती रोक्का ‘भूमिका’, तिव्बतबहादुर दर्लामी र सुरेन्द्र थपलिया निर्वाचित हुनुभएको छ । उपाध्यक्ष र महासचिवमा निर्वाचन भएको थियो भने अन्य पदमा निर्वारोध भएको थियो । उपाध्यक्षमा विपिन किरण र महासचिवमा महेश आचार्यले उम्मेदवारी दिनुभएको थियो ।

गीतकार संघको अध्यक्षमा निर्वाचित भइसकेपछि थापाले आफूमा एतिहासिक जिम्मेबारी आएको बताउँदै आफ्नो कार्यकालमा संस्थाको गरिमालाई अझ उच्चो बनाउन सक्दो प्रयास गर्ने बताउनुभयो । ‘अग्रज तथा अनुज गीतकारहरूले ममाथि ठूलो भरोसाले मलाई गीतकारको अध्यक्ष जस्तो गरिमामय जिम्मेबारी सुम्पनु भएको छ म आफ्नो ठाउँबाट यस संस्थाको गरिमालाई अझ उच्चो बनाउन हर पल लाग्ने प्रतिबद्धता व्यक्त गर्दछु’, उहाँले भन्नुभयो ।

‘नजरको दोषी बनी किन झुल्किन्छौ नयनमा हे साइँला …,’ ‘कसको आँखा लाग्यो बरै मेरो खुशीमाथि…’, ‘रित्तो सडकमा खोज्छु तिमीलाई आँखाभरि…’, ‘भिज्यो है भिज्यो पछ्यौरी भिज्यो साउनको सिमसिमे पानीमा…’, ‘पहिलो भेटको चिनाजानी भयो मिठो कुराकानी…’, ‘बिन्ती आलो मेरो घाउमा नुनचुक नछरिदेऊ…’, ‘कहिले मायालाई दिनैले ढाँट्यो कहिले रातैले…’, ‘हिजोआज गाउँभरि हल्ला छ तिम्रो मेरो बिहे हुने बाउ-आमाको सल्ला छ…’, ‘बिरानो भो परदेशीलाई पराइको गाउँ…’, ‘हिँड्दा कहिले ठेस लाग्छ…’ जस्ता ६ दर्जनभन्दा बढी चर्चित गीत श्रोता/दर्शकमाझ पस्किनुभएका गीतकार वसन्त वित्यासी थापा नेपाली गीतसंगीत क्षेत्रमा राम्रो गीतकारका रूपमा स्थापित हुनुहुन्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार