आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

सरकारी निवास बालुवाटार सरे प्रधानमन्त्री

बिहिबार, पुष १४ २०७९

काठमाडौँ(जस)–ज्योतिष टीकाराम घिमिरले दिएको साइतमै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारी निवास बालुवाटार सरेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्ड ज्योतिष घिमिरले दिएको बुधबार साँझ ५ बजेको साइतमै खुमलटारबाट बालुवाटार सरेका हुन् । साँझ प्रचण्ड परिवार बालुवाटार प्रवेश गरेको हो ।
सरकारी अधिकारीले बालुवाटारको सरकारी निवासको चाबी प्रचण्डकी कान्छी छोरी गंगा दाहाललाई हस्तान्तरण गरेका थिए । उनलाई शहरी विकास मन्त्रालयका सचिव सुरेश आचार्यले बालुवाटारको चाबी हस्तान्तरण गरेका हुन् । गंगा प्रचण्डकी स्वकीय सचिव समेत हुन् । चाबी लिने बेला ज्वाइँ जीवन आचार्य पनि सँगै थिए ।
देउवाले छोडे सरकारी निवास
निवर्तमान प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासबाट सरेका छन् । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आइतबार प्रधानमन्त्री नियुक्त भएपछि देउवा बालुवाटरस्थित सरकारी निवासबाट सरेका हुन् ।
बुढानिलकण्ठस्थित निजी निवास हाल मर्मत भइरहेकाले उनी धुम्बाराहीस्थित भाडाको घरमा सरेकोे उनका प्रमुख स्वकीय सचिव भानु देउवाले जानकारी दिए । उन २०७८ साल असार २८ गते पाचौँ पटक प्रधानमन्त्रीमा नियुक्त भएपछि निवर्तमान प्रधानमन्त्री देउवा सरकारी निवासमा बस्दै आएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार