आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

जनहितमा काम गर्न आफ्ना मन्त्रीहरूलाई ओलीको निर्देशन

मंगलबार, पुष १२ २०७९

एमाले अध्यक्ष केपी ओलीले जनहितमा काम गर्न मन्त्रीहरुलाई निर्देशन दिएका छन् ।मंगलबार बिहान निजी निवास बालकोटमा पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुलाई बोलाएर ओलीले सुशासन, समृद्धि र राष्ट्रहितमा काम गर्न निर्देशन दिएको सचिवालयले जनाएको छ ।एमालेबाट उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल तथा बिना विभागीय मन्त्रीहरु दामोदर भण्डारी, ज्वालाकुमारी साह र राजेन्द्रकुमार राई बालकोट पुगेका थिए । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको गठबन्धन सरकारमा एमालेबाट चार मन्त्री सहभागी छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार