बिहिबार, असोज १ २०८३

बिहिबार, असोज १ २०८३

स्याङ्गजा सहयोग समाज कतारको रक्तदान कार्यक्रममा ५९ जनाले गरे रक्तदान

आइतबार, पुष १० २०७९

दोहा । स्याङ्गजा सहयोग समाज कतारले रक्तदान कार्यकम्र सम्पन्न गरेको छ। स्याङ्गजा सहयोग समाज कतारले नेपाली रक्तदाता संघ कतारको समन्वयमा रक्तदान कार्यक्रम सप्पन्न गरेको हो। शुक्रबार दोहाको अलसाद स्थित हमाद हस्पिटलको न्यु ब्लड डोनेसन सेन्टरमा सप्पन्न कार्यक्रममा ५९ जनाले रतदान गरेका थिए।
स्याङ्गजा सहयोग समाजको चाहाना विसुद्ध सामाजिक सेवाको भावना भन्ने नाराका साथ कतारमा सन २००५ मा स्थापना भएको संस्थाले विभिन्न सामाजिक कार्य गर्दै आएको छ।
कार्यक्रममाकतारमा स्थापित संघसस्थाका अध्यक्ष तथा प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, पत्रकार तथा कलाकार लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो l
नेपाली रक्तदाता संघ कतारका अध्यक्ष रामजी खत्रीले रतदान गरेर सुरु भएको कार्यक्रममा स्याङ्गजा सहयोग समाजका अध्यक्ष प्रकाश परियारले अन्तिम रक्तदान गरेर कार्यक्रम सप्पन्न भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार