शुक्रबार, साउन ८ २०८३

शुक्रबार, साउन ८ २०८३

गण्डकी र बागमतीका पहाडी भूभागमा आंशिक बदली, हिमाली भूभागमा हिमपातको सम्भावना

आइतबार, पुष १० २०७९

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । गण्डकी र बागमतीका पहाडी भूभागमा आंशिक बदली छ ।

आज दिउँसो सुदूरपश्चिम र कर्णालीमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको छ । हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

राति सुदूरपश्चिम, कर्णाली र गण्डकीमा आंशिकदेखि सामान्य बदलीको आकलन महाशाखाले गरेको छ । हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

सोमबार मधेश प्रदेश लगायत अन्य प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार