आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

काठमाडौमा सरकार गठनको दौडधुप , झापामा भक्का खादै लिङ्देन

शनिबार, पुष ९ २०७९

निश्चल दाहाल पुस ९ झापा / मंसिर ४ को निर्वाचन पश्चात् राष्ट्रपति बिद्यादेवि भण्डारिले प्रधानमन्त्री दावी गर्न दिएको समय सिमा पुस १० गते सकिदै छ भने प्रमुख दलका नेताहरु सरकार गठनको निमित्त दौडधुपमा ब्यस्त देखिन्छन।

विभिन्न गणितीय गठजोडको आधारमा सरकार बनाउने प्रयासहरु चलिरहदा यो पटक १४ सांसद सहित उदाएको राप्रपाका आध्यक्ष राजेन्द्र लिङ्गदेन भने गृह जिल्ला झापामा छन।

हालको सत्तागठबन्धनमा आबद्ध दलका शिर्ष नेताहरू भने अहिलेकै गठबन्धनलाई निरन्तरता दिने कुरा गरिरहेका भएता पनि पहिले को प्रधानमन्त्री बन्ने भन्ने विषय चर्चा र तर्कमा छन जसकारण दलहरूबीच जटिल छलफल जारी छ।

राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी यो पटकको निर्वाचनमा दरिलो शक्तिको रुपमा उदाएका छन। जनमत पार्टि र नागरिक उन्मुक्ति पार्टी सरकारमा जाने चाहना व्यक्त गर्नुको साथै रास्वपाले पनि सरकारमा जाने मनस्थिति बनाएको भने देखिन्छ ।

अघिल्लो निर्वाचनमा एक मात्र सांसद सिट जितेको राप्रपाले यसपटक१४ सांसद बनाएको भएता पनि सरकारमा जाने मनस्थिति भने बनाएको देखिन्न।
राप्रपा अध्यक्ष लिङ्देनले संसदमा सबैभन्दा ठूलो दलको रुपमा आएको नेपाली कांग्रेस र दोस्रो ठूलो दल एमाले मिलेर स्थिर सरकार बनाउनु फाइदाजनक हुने धारणा दिएका छन।

राप्रपा प्रवक्ता मोहन श्रेष्ठले आफ्नो फेसबुकमा “हामी सत्ताको दौडमा छैनौं, अध्यक्ष राजेन्द्र लिङ्देन झापाको आफ्नो निर्वाचन क्षेत्रमा पुगेर थारू परिकार भक्का खाँदै हुनुहुन्छ। काठमाडौंमा नयाँ सरकार गठनको दृश्यरअदृश्य खेलहरु हुँदैछन् । आदेश परमादेशहरुको युग समाप्त गरौं भन्ने हाम्रो अन्तर्मनको पवित्र चाहना हो, यो नै नेपालको दीर्घकालीन हितमा हुनेछ । जनादेशबाट राप्रपा, रास्वपा, जनमत लगायतका नयाँ शक्तिहरुको उदय हुँदैगर्दा चुनावपछिको सरकारमा नेपाली ‘फ्लेवर’ आउनुपर्छ, फेरि पनि अहितकर मिसावटको खतरा देखिँदैछ” भनी व्यक्त गरेका छन।

प्रतिक्रिया
सम्बन्धित समाचार