सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

हल्दिबारिमा अस्पताल उद्घाटन , स्वास्थ बिमा प्रयोग गर्न सकिने

शुक्रबार, पुष ८ २०७९

निश्चल दाहाल ८ पौष झापा, झापा जिल्ला हल्दिबारी गाउँ पालिका वडा नं ५ मा हल्दिबारी आधारभुत अस्पतालको सेवा शुभारम्भ भएको छ। १५ शैया क्षमता रहने सो अस्पतालमा प्रयोगशाला साथै इसिजी सेवा रहने बताइएको छ।

दैनिक ओपिडी साथै आकस्मिक सेवा, प्रयोगशाला साथै प्रशुती सेवा समेत रहने सो अस्पतालमा हाल भने ५ शैया मात्र प्रयोगमा ल्याइने साथै पुर्ण रुपले स्वास्थ बिमाको सुविधा लिन सकिने हल्दिबारी स्वास्थ शाखा प्रमुख पुष्कर निरौलाले बताए।

हल्दिबारी गाउँ पालिका अध्यक्ष रबिन्द्र लिङ्देनको सभापतित्व, झापा क्षेत्र नं ३ प्रदेश ख सांसद छबिलाल चुडालको बिशेष आथित्यमा भएको एक कार्यक्रम बिच झापा क्षेत्र नं ३ सांसद राजेन्द्र प्रसाद लिङ्देनले सो अस्पतालको उद्घाटन गरेका हुन।

स्वास्थ शाखा प्रमुख निरौलाको अनुसार यहि पौष १३ गते सोही अस्पतालमा बि एण्ड सि हस्पिटल बिर्तामोडको प्राविधिक सहयोगमा भिडियो एक्स रे सहितको मुटु, नशा, महिला तथा बालबालिकाका विभिन्न रोग सम्बन्धी स्वास्थ शिविर पनि संचालन गरिने भएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार