आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

पाँच महिनामा ५६ को मृत्यु, अव्यवस्थित सवारी चलाइनु प्रमुख कारण

बिहिबार, पुष ७ २०७९

निश्चल दाहाल, ७ पौष झापा, जिल्ला ट्राफिक कार्यलय झापाले आर्थिक वर्षको २०७९/०८० को मंसीर मसान्तसम्ममा दर्ता गरिएका तीन सय २८ सवारी दुर्घटनामा ५६ जनाको मृत्यु भएको जनाइएको छ जस्मा ४३ जना पुरुष १० महिला, १ बालक साथै दुई बालिकाको दुर्घटनामा मृत्यु भएको हो । तथ्यांकअनुसार दुर्घटनामा ७० जना पुरुष सख्त घाइते भएको बताइएको छ।

मादकपदार्थको नशामा सवारी चलाउनु, सवारीसाधनको निर्देशित क्षमताभन्दा बढी सवार गराउनु जस्ता कारण दुर्घटनाको मुख्य कारक भएको प्रहरी बताउछ । दुर्घटना बढे सगै सचेतना कार्यक्रमको साथै जिल्लाका विभिन्न स्थानमा राती सम्म नै सवारी चेकजाँचलाई निरन्तरता दिएको ट्राफिक प्रहरी निरिक्षकले बताएका छन।

सवारी दुर्घटनामा सबैभन्दा धेरै दुईपाङ्ग्रे सवारी रहेको प्रहरीले जनाएको छ ।पछिल्लो पाँच महिनाको अवधिमा तीन सय १६ वटा मोटरसाइकल दुर्घटना भएको तथ्यांक देखाउदै दुर्घटना दुइ पाङ्ग्रे सवारिको ज्यादा भएको बताइएको छ। दैनिक २०० सवारी ट्राफिक नियम उल्लंघन गरेकोमा कारवाही गर्ने गरेको भए पनि पिकनिक भ्रमण जस्ता कार्यक्रमहरु बढेको हुनाले सो मा हुने अव्यवस्थित ब्यवहारको कारण दुर्घटना बढ्दै गरेको तर्फ प्रहरी सचेत रहेको बताइएको छ।

चल्तिका पिकनिक स्पट हरुलाइ प्रमुखतामा राखी ट्राफिक प्रहरीले सवारी चेकजाँचलाई कडाइ गर्न थालेको छ। तीव्रगतिमा सवारी सञ्चालन गर्ने, मादकपदार्थ सेवन गर्ने चालकहरुलाई तत्काल नियन्त्रणमा लिइ कारवाही प्रक्रिया अगाडि बढाउने गरेको ट्राफिक प्रहरी बताउछ।

चालू आर्थिक वर्षको पाँच महिनामा ट्राफिक नियम उल्लंघन गर्ने सवारीबाट एक करोड ३४ लाख चार हजार पाँच सय रुपैयाँ राजश्व संकलन गरिएको छ । ट्राफिक नियम उल्लंघन गर्ने छ हजार दुई सय ५४ वटा मोटरसाइकललाई कारवाही गर्दा ४२ लाख ७८ हजार राजश्व संकलन भएको प्रहरी बताउछ।

गैर जिम्मेवारी तवरले सवारी चलाएको साथै लागू पदार्थको प्रभावमा सवारि चलाएको देखेमा नजिकको ट्राफिक साथै जनपद प्रहरिमा जानकारी दिन सर्वसाधारण सग प्रहरी निरिक्षक अशोक जबेगु अनुरोध गर्नुहुन्छ।

प्रतिक्रिया
सम्बन्धित समाचार