आइतबार, पुष ३ २०७९
अरब सागरको पश्चिमी समुन्द्री तहमा ११४३७ वर्ग किमी क्षेत्रफलमा फैलिएको पुर्व पश्चिम र उत्तर तर्फ समुन्द्रले घेरेको र दक्षिणी भागमा करीव ६० किमी क्षेत्रफल मात्र जमिनले साउदी सँग जोडीएको मध्य पुर्वको उदयमान राष्ट्र कतार हो । कतारलाई बुझ्नको लागि पुरातन काल देखी ब्रिटिश शासन काल सन १९७१ मा स्वतन्त्र भए पछीको वर्तमान सम्मलाई गम्भिर अध्ययन गर्नु जरुरी छ । स्वतन्त्रता पछीको यो लगभग ५५ बर्षको अवधिमा कतारले आर्थिक रुपमा गरेको राष्ट्रको पुनर्निर्माण, सामाजिक, शैक्षिक, खेलकुद र अन्तराष्ट्रिय संवन्धमा गरेको प्रगती तथा विस्तारलाई भने स्वर्ण अक्षरले लेखिने गरी गरेको छ । छोटो अवधिमा कतारले गरेको बिकास र प्रगती साच्चै नै विश्वलाई नै लोभ लाग्ने गरी गरेको छ । कतार प्रवेसपछी पर्यटक हरुले अनुभब गर्दछन यहाँको बिकास प्रगती वैभब देखेर कतार मरुभुमिको देश भन्दा पनि समुन्द्रको विचमा रहेको सुन्दर फुलको बगैचाको देश हो भनेर ।
कतार १९७१ सेप्टेम्बर ३ सम्म ब्रिटिश शासन अन्तर्गत थियो ब्रिटेनले गल्फक्षेत्र छोडे पश्चात कतार स्वतन्त्र भएको हो र २००७ अगाडि सम्म सेप्टेम्बर ३ लाई स्वतन्त्रता दिवसको रुपमा मनाउदै आएको थियो कतारले । २००७ मा वर्तमान अमिर तत्कालिन युवराजले १८ डिसेम्बर लाई राष्ट्रिय दिवस मनाउने घोषणा गरे पछी १८ डिसेम्बरमा १ दिन सवै किसिमका सरकारी तथा गैर सरकारी संस्था हरुमा राष्ट्रिय छुट्टी दिएर भब्य रुपमा यो दिवस मनाउने गरिन्छ । बर्षको बार्है महिना स्वच्छ, सफा र मौसम अनुसारका फुलले सझिने कतारको अर्को बिशेषता भनेको यहाँको सडक वत्तीको लाइटिङको आकर्षण पनि महत्व पूर्ण छ । जसरी अकवरी सुन लाई कसी लगाउन पर्दैन भने झै चाड पर्व बिशेष गरेर मात्रै सजाउने रङ रोगन गर्ने परीपाटी आम जनमानसमा देखिन्छ तर कतारमा त्यस्तो छैन सदावहार रुपमा बजार सडकहरु सफा देखिन्छन भने आकासै छुने जस्ता गगन चुम्वी भवनहरु सुर्यको किरण ओझेल पर्दै जाँदा जसरी गगनमा ताराहरु चम्कन्छन त्यसरिनै यहाँका भवनहरु देखी सडक वत्तीहरु चम्किएर आगन्तुकहरुलाई मन्त्रमुग्द पारीरहेका हुन्छन । इद तथा राष्ट्रिय पर्वहरुले यसमा उत्साह र उमंग थपेको हुन्छ । समग्रमा रास्ट्रिय दिवसलाई कतारले एक विशेष दिवसको रुपमा मनाउने गर्दछ । यस पटक कतारको राष्ट्रिय दिवस अझै धेरै उत्साह उमंग र कौतुहलताको साथ मनाइदैछ । यो रास्ट्रिय दिवस माउँदै गर्दा विश्वको ध्यान कतार केन्द्रित छ कतारको राष्ट्रिय दिवस हरेक वर्ष उत्साहपुर्ण र बिशेष रुपमा मनाइने गरिन्छ भने यो बर्षको राष्ट्रिय पर्व विश्वकप उत्सवको रुपमा मनाइदै छ त्यसैले यो राष्ट्रिय दिवसले कतारलाई विश्वमानचित्रमा बिशेष राष्ट्रको रुपमा स्थापित गराउनेमा दुइमत छैन ।
यसपाली विश्वकप कुम्भमेलाले गर्दा कतारमा राष्ट्रिय दिवस जस्तै लाग्ने गरी चहल पहल एक महिना अगाडी देखिनै नियमित जस्तै भै रहेको छ । कतार बेहुली झै सिंगारिएको छ । मेट्रो, बस, सार्वजनिक स्थल, मलहरूको माहोल र बच्चादेखि बुढासम्म सवैलाई विश्वकपले छोएको छ । विभिन्न पार्क तथा खेलमैदान म्युजीकमय भएका छन । बिभिन्न किसिमका सांस्कृतिक झांकीहरु कतार स्थित आप्रावासी समुदायहरुले आफ्नो देशका कल्चर स्वरुप देखाइ रहेको पाईन्छ । बिशेष गरी दक्षिण एसियाली देश अरवी पृष्ठभुमिका देशका सास्कृतिक झांकीहरु, अन्तराष्ट्रिय स्तरका कलाकारहरुको सँयुक्त प्रस्तुतीले कतार गुन्जयमान भएको छ । सडकमा हिडेको यात्री होस या पार्कमा घुम्ने वा जहाज तथा बोटमा समुन्द्रमा घुम्नेहरु किन नहुन संगीतको तालमा झुमेका छन । हर साँझ ९ बजेको समयमा कर्निसमा गरिने आतिस बाजीको रौनक झन मनमोहक छ । कतारी नागरिक हुन या पर्यटक वा आप्रावासी कामदार किन नहुन सवै लाई विश्वकप कुम्भमेलाले मन्त्रमुग्द पारेको छ ।
कतारले २००६ को एसियन खेलकुद सफलताको साथ सम्पन्न गरे पछी नै निकै उत्साहित हुँदै विश्वकप आयोजनाको लागि पहल गरेको थियो । सन २०१० मा विश्वकप आयोजना गर्ने अधिकार प्राप्त गर्दाखेरी कतार सँग सिर्फ एक मात्र स्टेडियम थियो खलिफा स्टेडियम । जम्मा एक स्टेडियम भएको त्यती बेला लाग्दथ्यो निकै जटिल योजना कतारले लियो । तर इच्छा शक्ती र दिर्ढ आत्मविश्वास, तनमन,धनले लागि परेमा जस्तो सुकै कठिन कार्यलाई सहज बनाउन सकिन्छ भन्ने उदाहरण कतारले प्रस्तुत गर्न सकेको छ । विश्वकप आयोजनाको लागि कतारले १२ बर्षमा ७ वटा नयाँ अत्याधुनिक स्टेडियम मात्रै बनाएन विश्वमै पहिलो चालक रहित रेल सेवा संचालन, नयाँ अत्याधुनिक हमाद बिमानस्थल तथा कतारका सडकहरुको बिस्तार र बिकास मात्रै हैन सुन्दर शहर मार्फत बस्ति बिकास गरी कतारलाई आधुनिक शहरको रुपमा बिकाश गर्न सक्षम भएको छ ।
यसलाई हेर्दा लाग्दछ की बिशेष गरी नेपाली बुद्दीजिवी, राजनीतिकर्मी नेता पत्रकार सवैलाई परिवर्तन ब्यबस्थामा हैन देशको अवस्था परिवर्तन गर्ने ईच्छा शक्ती भयो भने समृद्दीको लागि लामो समय पर्खनु पर्दैन । विश्व जगतलाई कतारको बर्तमान प्रगती एक उदाहरण नै हो यद्दपी सहज रुपमा यो अवस्थामा कतारले कार्य गर्ने अवसर पाएको भने थिएन । विश्वमा एकै पटक कहिं नदेखिएको जल, जमिन र आकाशको नाकावन्धी छिमेकी देशबाट कतारले यही समयमा भोगेको थियो । विश्वभरी सन्त्रास फैलाउने कोरोना कहरले सवैलाई कायल बनाएको बेलामा पनि कतारले त्यो सँग जुद्दै गर्दा पनि आफ्नो लक्षित उद्देस्य हासिल गर्न सफल भएको छ ।कतारले खेलकुद मार्फत राष्ट्रको बिकास निर्माणमा झन्डै तीन दशक लामो श्रम प्रकृयाबाट निकै ठुलो उपलब्धी हासिल गरेको छ । यही उपलब्धिको प्रमाण कतारले विश्वकप फुटवलको २२ औं प्रतियोगिता आयोजना गरी एसियाली मुलुकले एक्लै आयोजना गरेको पहिलो विश्वकपको रुपमा आफुलाई स्थापित गरी विश्वकप फुटवल सभ्य र भब्य रुपमा सुसम्मन्न राष्ट्रको रुपमा आफुलाई स्थापित गरेको छ ।
विश्वकप फुटवल
सन १९३० देखी सुरु भएको विश्वकप फुटवल हरेक चार बर्षमा हुने गर्दछ । दोस्रो विश्वयुद्दको कारण एकपटक रोकिएको विश्वकप त्यसपछी निरन्तर रुपमा चलेको छ । प्राय एसियाली र अफ्रिकी मुलुक भन्दा युरोप र अमेरिकि मुलुक हरुले आयोजना गर्ने विश्वकप एसियली देशहरुमा एक्लै देशले आयोजना गर्ने कतार पहिलो एसियन मुलुक हो भने अहिले सम्म आयोजना गरेको देसमा सर्वाधिक सानो क्षेत्रफल भएको मुलुक पनि कतार हो । विश्वकप आयोजनाको अधिकार प्राप्ती पछी हरेक समालोचनाको आलोचना हुन्छ भने झै विभिन्न आलोचना नभएका हैनन तथापी सत्य यो हो की कतारले विश्वकप अहिले सम्मको भब्य र सभ्य रुपमा उदघाटन, प्राविधिक रुपमा, ब्यबस्थापकिय कुशलताका रुपमा विश्वकपलाई सफल बनाउन सबै शक्ती समावेस गरी सुसम्पन्न गरेको छ । कतारले आफ्नो रास्ट्रीय दिवस र समापन समारोह भब्य र सभ्य रुपमा १८ डिसेम्बरमा सम्पन्न गर्दैछ ।
अहिले बिश्वमा चिया गफ देखी मिडिया सम्म जता हेरौ विश्वकपकै चर्चा छ यती शान्त र भद्रता अहिले सम्मका कुनै पनि विश्वकपमा देखिएको थिएन जुन कतारले दिएको नयाँ सन्देस हो । कतार आएका हाया कार्ड भएका पाहुना तथा खेलप्रेमीहरु जुनसुकै स्टेडियममा पनि २० देखी ३० मिनेट भित्र निशुल्क बस तथा रेलबाट पुग्न सक्ने ब्यबस्था कतार विश्वकपको अर्को सम्झना लायक ब्यबस्थापन हो । यही विश्वकप कै लागि तयार गरिएका फुटवल र यसमा जडान गरिएका सुचना मुलक चिप्स हरुले भबिस्यमा फुटवल खेललाई अझै ब्यबस्थित र आधुनिक प्रविधीयुक्त बनाउन सकिने सन्देस कतार विश्वकपले दिएको छ । विश्वकपको लिग चरण देखी फाइनल सम्मका लागि भनेर बनाइएका फुटवल हरुमा यो सुबिधा रहेको थियो । फुटवलमा राखिएको यो सुबिधाले र रेफ्रीहरुलाई पर्न सक्ने दुविधाको अन्त्य भएको छ । कतार विश्वकप जती प्रबिद्दी युक्त भएको छ त्यती नै अन्य विश्वकप भन्दा र २०२६ मा हुने विश्वकपको खर्च भन्दा महँगो विश्वकपको रुपमा पनि चर्चित रहेको छ । स्वभाबिक हो केही पाउन केही गुमाउन सक्नु पर्दछ यसपटकदेखी फुटवलमा प्रबिधी जडान भएको छ ।
कतारमा स्वतन्त्ररुपले निर्धक्कका साथ चौविसै घण्टा मनिस हरुको चहलपहल देखिन्छ । इच्छाईएका टिमका टिसर्ट देखी विभिन्न स्टाइलका टोपी लगाएका खेलप्रेमीहरु कतारभरि भेटिन्छन । जता जाउं फुटवल प्रेमी भेटिन्छन र फुटबलको चर्चा मात्रै सुनिन्छ । त्यती मात्रै हैन फुटवल प्रेमी हरुले आफ्नो–आफ्नो मनपर्ने खेलाडी हरुको जर्सी लगाउने खेल मैदानमा होस या फ्यान जोन हरुमा हुटिङ गर्दै रमाइ रहेका भेटिन्छन । प्याराफिड बाट दर्शकहरुको इक्साइडमेन्ट, आफ्ना आफ्ना टिमको समर्थनमा हुटिङ, थरी थरिका आवाज निकाल्नु बिभिन्न डिजाइन स्टिकर र मालाहरु पहिरिनु टचलाइनमा प्रशिक्षकको तनाव, बेन्चमा खेलाडीको उक्साहट र मैदानभित्रै खेलाडीको ठेलमठेलसम्मकै उग्र रूप, रेफ्रिहरुको दौडधुप र खेल मेनेजमेन्ट साच्चै नै नजिक वाट निहाल्दा निकै सुन्दर तथा रोमान्चित अनुभब हुँदो रहेछ ।
कतार विश्वकपमा नेपाली हरुको सहभागिता र योगदानको चर्चा गर्दा यहाँको सरकारले पटक पटक भन्दै आएको कुरा हो विश्वकप सफल बनाउन नेपालीहरुको महत्व पूर्ण योगदान रहेको छ भनेर भन्दा हाम्रो छाती गर्वले फुलेर आउछ । यहाँको पुनर्निर्माणमा ब्ल्युकलर जब होस या ह्वाइट कलर जब किन नहोस नेपालीहरु प्रत्यक्ष अप्रत्यक्ष रुपमा जोडीएका छन । जहाँ सम्म विश्वकपको दृस्य अवलोकनको बिषय छ मलाई लाग्दछ यहाँ रहने नेपालीहरु बाहेक कै कुरा गर्ने हो भने पनि नेपाल बाट आएर प्रत्यक्ष रुपमा खेल हेर्ने नेपाली हरुको संख्या अहिले सम्मकै कतार विश्वकपमा नै धेरै रहेको छ । यहाँ रहेका करीव साढे तिन लाख नेपाली हरुले कुनै न कुनै रुपमा निहाल्ने मौका पाए भने नेपालको सांस्कृतिक प्रस्तुती गर्ने अवसर पनि पाए । नेपाली दुतावास गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारले विश्वकप आयोजना गर्ने अवसर कतारले पाए देखिनै सफल बनाउन कुनै न कुनै रुपमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहभागि हुँदै आएको छ । यसले पनि के स्पस्ट पार्दछ भने कतार स्थित नेपाली समुदायले पनि कर्म भुमी कतारले आयोजना गरेको विश्वकपमा प्रत्यक्ष सहभागिता जनाई रहेका छन । कतारले दिएको यो अवसर प्रती हामी नेपालीले गर्व गर्दछौ ।
अन्त्यमा कर्मभुमी कतारले राष्ट्रिय दिवसको पावन अवसरको दिनमा २२ औ विश्वकपको पनि भब्यरुपमा समापन गर्न गै रहेको छ विश्वकप हर तरहबाट सफल भएको छ यसमा कुनै सन्देह छैन । कतार सरकार र जनताले आफुले आँफैप्रती गर्व गर्ने विषय भएको छ । विश्व मानचित्रमा कतारको स्थान उच्च र गर्विलो बनेको छ । कतारले बिश्वलाई स्पस्ट भिजन र ईच्छा शक्ती भएमा धेरै कुरा गर्न सक्ने सकारात्मक सन्देस पनि दिएको छ । कतार विश्वकप सफल भए संगै भिजन २०३० अन्तर्गतको लक्षित योजनामा कर्मभुमी कतार पुगिसकेको अनुमान गर्न सकिछ । अबको बर्षमा कतार लाई पुनर्निर्माण भन्दा पनि खेलकुदको देश, शिक्षाको देश, मेला तथा सेमिनारको देश, समुन्द्रको विचमा रहेको शान्त र सुन्दर पर्यटकहरुको प्रमुख गन्तब्यको देशको रुपमा स्थापित हुन सक्ने छ भन्ने विश्वास गर्दछु । चालु विश्वकपमा आजको खेलपछी विश्वले चार वर्षको लागि फुटवलको विश्वविजेता, उपविजेता, तेस्रो र चौथो विजेता पाउनेछ । फुटवलका महारथी अर्जेन्टिना र फ्रान्स बिच प्रथम र दितिय को हुन्छ हेर्न कतारको राष्ट्रिय दिवसको दिन बिश्वका फुटवलप्रेमी कतार आएका छन । मेरो ब्यक्तिगत तर्फ बाट विश्वकपमा सहभागि ३२ वटै राष्ट्रलाई राम्रो खेल खेल्नु भएकोमा हार्दिक वधाइ तथा बिजेता उपबिजेता हरुलाई शुभकामना ब्यक्त गर्दछु । कतारको रास्ट्रिय दिवसको अवसरमा सवैमा हार्दिक शुभकामना ब्यक्त गर्दै यहाँबाट नेपालले धेरै कुरा सिक्नु पर्ने जनसवाल जस्तो लोकप्रिय पत्रिका बाट सन्देस फैलिन सकोस हार्दिक शुभकामना । सुबेदी सामाजिक अभियन्ताका रुपमा परिचित हुनुहुन्छ । उहाँ हाल कतारमा हुनुहुन्छ ।
जनसवाल राष्ट्रिय दैनिकको २०७९ पुष ३ गते आइतबारको इपेपर
जनसवाल दैनिक
दर्ता प्रमाणपत्र नंः १४३८/०७६-७७
ठेगाना: दरबारमार्ग-1- काठमाडौँ, नेपाल
ईमेल: [email protected]
मोबाईल नम्बर: 9851095345
© 2026 All right reserved | Site By : sobij