काठमाडौं(एजेन्सी)–कतार विश्वकपको गोल्डेन बुट दौडमा अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले फ्रान्सका केलियान एम्बाप्पेलाई उछिनेका छन् । समान ५ गोल गरे पनि मेस्सी २ एसिस्ट गर्दा एम्बाप्पेले १ एसिस्ट मात्र गरेका छन् । त्यस्तै, फ्रान्सका अल्भारेज जिरुड पनि गोल्डेन बुटको प्रतिस्पर्धामै छन् । उनले हालसम्म ४ गोल गरेका छन् । कतार विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडी हुन्, लियोनल मेस्सी र केलियन एमबाप्पे ।
गोल्डेन बुट हकदार को ?
केलियन एमबाप्पे (फ्रान्स)
फ्रान्सका खेलाडी केलियन एमबाप्पे २०२२ को विश्वकप फुटबलमा गोल्डेन बुटका लागि अग्रपंक्तिमै छन् । समूह चरणदेखि क्वाटरफाइनसम्मका खेलमा उनले ५ गोल गरेका छन् । समूह डीअन्तर्गत फ्रान्सले पहिलो खेल अष्ट्रेलियाविरुद्ध खेलेको थियो । जसमा एमबाप्पेले १ गोल गरेका थिए ।त्यस्तै, उनले पोल्याण्डविरुद्धको खेलमा २ गोल गरेका थिए । ट्युनिसियाविरुद्धको खेलमा १ गोल गर्न असफल भए । उनले डेनर्माकसँगको खेलमा २ गोल गरेका थिए । एमबाप्पेले हालसम्म दुई विश्वकप खेलेका छन् ।
लियोनल मेस्सी (अर्जेन्टिना)
अर्जेन्टिनाका खेलाडी लियोनल मेस्सीले कतारमा जारी विश्वकपको फाइनलको यात्रा तय गर्दै ५ गोल गरेका छन् । ७ पटक ’ब्यालोन डीओर’का विजेता मेस्सीको यो अन्तिम विश्वकप हो । समूह सीअन्तर्गत पहिलो खेलमा अर्जेन्टिना साउदी अरेबियासँग २–१ ले हारेको थियो । मेस्सीले साउदीविरुद्धको खेलमा पेनाल्टी सुट आउटमार्फत एक गोल गरेका थिए । त्यस्तै, दोस्रो खेल अर्जेन्टिनाले मेक्सिकोसँग खेलेको थियो । जसमा अर्जेन्टिना २–१ ले विजयी भएको थियो । उक्त खेलमा पनि मेस्सीले १ गोल गरेका थिए ।
अष्ट्रेलियाविरुद्धको खेलमा पनि मेस्सीले एक गोल गरेका थिए । समूह चरणको अन्तिम खेलमा भने पोल्याण्डसँग उनले गोल गर्न सकेनन् । क्वाटरफाइनलको खेलमा मेस्सीले नेदरल्याण्डसविरुद्ध १ गोल गरेका थिए । उनी पोल्याण्डविरुद्ध पेनाल्टी सुट आउटमा चुके । क्रोएसियाविरुद्धको सेमिफाइनल खेलमा १ गोल गरेसँगै यो विश्वकपमा उनको गोलसंख्या ५ पुगेको छ । उनले आफ्नो विश्वकप करिअरमा जम्मा १० गोल गरेका छन् ।
अल्भारेज जिरुड (फ्रान्स)
फ्रान्सका अल्भारेज जिरुड अल्भारेज पनि प्रतिस्पर्धामा छन् । उनले कतार विश्वकपमा ४ गोल गरेका छन् । जिरुडले अष्ट्रेलियासँगको खेलमा २ गोल गरेका थिए भने उनले इंग्ल्याण्डविरुद्धको खेलमा एक गोल गरेका थिए । यता, पोल्याण्डसंगको खेलमा पनि जिरुडले एक गोल गर्न सफल भएका थिए । समूह चरणको अन्तिम खेलमा भने ट्युनिसियासंग फ्रान्स १–० ले पराजय भएको थियो । डेनर्माकसँगको खेलमा पनि उनी गोल गर्न असफल भएका थिए ।