सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मन्चद्धारा संघको आसन्न निर्वाचनका लागि रणनीति तय

शुक्रबार, पुष १ २०७९

काठमाडौं । प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मन्च नेपालले आसन्न वैदेशिक रोजगार व्यवसायी संघको २९ औ साधारणसभा सहितको निर्वाचनमा भाग लिन बिहीबार बसेको बैठकले आफ्नो रणनीति तय गरेको छ ।

नीजि हित भन्दा माथी उठेर व्यवसायीक हितका निम्ति आफ्नो उपस्थिति रहने, व्यवसायलाई राजनीतिक रङ्ग हैन व्यवसाय, व्यवसायी र तमाम श्रमिकका हितका निम्ति वकालत गर्ने सन्दर्भमा सबै राजनीतिक पार्टीका सुभेच्छुक सस्थाको समान प्रतिनिधित्व हुने गरि सर्वसम्मत नेतृत्व चयन गर्ने प्रमुख एजेन्डा रहेको तर प्रस्तुत उच्च सोचको मानमर्दन भए सिङ्गो उपस्थितिमा चुनावी मैदानमा होमिने तर्क अघि सारेको छ ।

सर्वसम्मत चयन हुँदा सबै राजनीतिक पार्टी का सुभेछुक संस्थाको समान प्रतिनिधित्वले नै व्यवसायीक हित गर्छ भन्ने निष्कर्ष समेत बैठकले निकालेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार