काठमाडौं । अन्तर्राष्ट्रिय मानव अधिकार दिवस २०२२ को अवसरमा प्रोफेसर रमजान अली मियाँ सम्मानित भएका छन् ।
कतारको समग्र मानव अधिकार क्षेत्रमा यसको प्रर्वद्धन तथा विकासका लागि महत्वपूर्ण भूमिका खेलेको भन्दै अन्तर्राष्ट्रिय मानव अधिकारवादीहरुको साझा संस्था अन्तर्राष्ट्रिय मानव अधिकार संगठनले विशेष समारोहमार्फत उनलाई सम्मान गरेको हो ।

संगठनका अध्यक्ष डा. नेम सिह प्रेमी र उपाध्यक्ष डा. मोहम्मद बरोहामीको संयुक्त हस्ताक्षर रहेको प्रमाणपत्रमा प्रो मियाँले कतारमा रहेका आप्रवासीहरुको मानव अधिकारको रक्षा एवं मानव अधिकारको विकास तथा प्रर्वद्धनमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरिएको छ ।
सम्मानित मियाँ लामो समयदेखि कतारको राष्ट्रिय मानव अधिकार आयोगसँग आवद्ध रही मानवीय कार्यमा सक्रिय छन् ।