आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

प्रभु ग्रुपका अध्यक्ष देवीप्रकाश भट्टचन बने प्रतिनिधि सभा सांसद, संसदमा आर्थिक क्षेत्रले पायो प्रतिनिधि

मंगलबार, मंसिर २७ २०७९

काठमाडौं । एमालेले उद्योगी व्यवसायी देवीप्रकाश भट्टचनलाई समानुपातिक सांसद बनाएको छ । ललितपुरमा बसेको एमालेको सचिवालय बैठकले भट्टचनलाई सांसद बनाएको हो । भट्टचन आदिवासी जनजातीबाट पहिलो नम्बरमा समानुपातिकमा परेका छन् ।

प्रभु ग्रुपका अध्यक्ष समेत रहेका भट्टचन यसअघि नेपाली कांग्रेसमा थिए । निर्वाचनभन्दा अगाडि एमालेमा प्रवेश गरेका भट्टचनलाई एमालेले समानुपातिक सांसद बनाएको हो । बाग्लुङ जिल्ला स्थायी घर भएका भट्टचन ललितपुर जिल्लाबाट सिफारिस भएका थिए ।

यसअघि भट्टचन नेपाली कांग्रेसबाट प्रतिनिधि सभा निर्वाचनको लागि सिफारिस भएका थिए । उनलाई नेपाली कांग्रेसले बाग्लुङ क्षेत्र नं २ को लागि क्षेत्रीय कार्यसमिति बैठकले उम्मेदवार सिफारिस गरेको थियो । तर उक्त क्षेत्रमा गठबन्धनबाट माओवादी केन्द्रका देवेन्द्र पौडेल उम्मेदवारी बनेका थिए । यो पटक पनि पार्टीले प्राथमिकता सूचीमा राख्न नखोजेपछि एमालेसँग भट्टचन नजिकिएका थिए ।

भट्टचन अघिल्लै संघीय चुनावमा समानुपातिकबाट सांसद बन्न चाहेका थिए । त्यो बेलामा समेत उनलाई प्राथमिकता सूचीमा राखिएन । त्यसपछि यो पटकको प्रतिनिधिसभाको निर्वाचनमा बागलुङबाट प्रत्यक्षबाट चुनावमा उठ्ने तयारी समेत थालेका थिए ।

व्यवसायिक पृष्ठभूमि भएका भट्टचन राजनीतिमा जाने तीव्र इच्छासहित बागलुङ क्षेत्रमा सामाजिक काममा समेत क्रियाशील थिए । उनी बागलुङ क्षेत्रमा लोकप्रिय समेत छन् । यो सबै पृष्ठभूमिका बाबजुद बागलुङमा प्रत्यक्ष चुनाव लड्ने चाहना समेत गठबन्धनका कारण सम्भव भएन ।

झण्डै आधा दर्जन बढी क्षेत्रमा लगानी गरेका भट्टचनले आर्थिक क्षेत्र राम्रोसँग बुझेका छन् । सफल व्यवसायीका रुपमा रहेका भट्टचन अर्थतन्त्र बुझेको व्यक्ति को रुपमा संसदमा आउँदा आगामी दिनमा देशको अर्थतन्त्रमा सकारात्मक सन्देश प्रवाह हुने अपेक्षा रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार