आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

एनआरएनए महिला विभागद्धारा लैंगिक सचेतना तथा महिला नेतृत्वमा चुनौती विषयक अन्तरक्रिया सम्पन्न

सोमबार, मंसिर २६ २०७९

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद अन्तर्गत महिला विभागले आज “लैंगिक सचेतना तथा महीला नेतृत्वमा चुनौती” भर्चुल (Zoom) प्रविधिबाट अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।

हरेक वर्ष नोभेम्बर २५” महिला विरूद्धको हिंसा विरूद्ध अन्तर्राष्ट्रिय दिवस” देखि डिसेम्वर १० “अन्तर्राष्ट्रिय मानव अधिकार दिवस” सम्म मनाइने १६ दिने अभियानको अन्तिम दिन १० डिसेम्वर अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका दिन यो कार्यक्रम तय गरिएको एनआरएनए महिला सचिव राधिका गुरुङ (टिका) ले बताइन् ।

महिला संयोजक संगिता मरहट्टाले स्वागत मन्तव्य बाट सुरुगरिएको कार्यक्रममा विशिष्ट अतिथि मानानिय विद्या भट्टराई,जुली महतो, वरिष्ठ पत्रकार निर्मला शर्मा लगायत गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका अध्यक्ष रविना थापा, डा बद्री केसी लगायत एनआरएनए पदाधिकारी एबं एनआरएनए अभियन्ताको उपस्थिति रहेको थियो।

लैङ्गिक हिंसा अन्त्यका लागि परिवार तथा समाजमा सचेतना फैलाउन जरुरी रहेको छ । व्यक्तिगत घटना, घरेलु हिंसालगायत महिलामाथि हुने अन्यायलाई रोक्नका लागि हरेक वर्ष २५ नोभेम्बरदेखि १० डिसेम्बरसम्म अन्तर्राष्ट्रिय अभियानका रुपमा विश्वव्यापीरुपमा १६ दिने अभियान मनाइने गरिन्छ ।

महिलामाथि हुने हिंसा रोक्न परिवारबाट प्रयास गरिनुपर्ने एनआरएनए महिला संयोजकहरुले बताउनुभयोे ।

कार्यक्रममा सञ्चारकर्मी निर्मला शर्माले आफू लामो समय देखि महिला लैङ्गिक समानता विषयमा कलम चलाउँदै आएको र राज्यले नीति बनाएता पनि कार्यान्वयनको अवस्था फितलोको साथै सामाजिक चेतना अझै पनि पूर्ण रुपमा नआइसकेको बताइन् ।

त्यस्तै माननीय संसद जुली महतोले विदेशमा रहेका नेपालीहरुलाई महिला हिंसाको अन्त्यका लागि गरिएका यस्ता उपयोगी मुलक कार्यकम गर्ने एनआरएनए महिला विभाग प्रति आभार व्यक्त गरिन् त्यस्तैगरी अहिलेपनि नेपालमा महिलाको हकमा कुरीति कुसंस्कारहरु विद्यमान भइरहेको यसको मुख्य कारण शिक्षा र आर्थिक विषय सम्म जोडीएको जबसम्म महिला शिक्षाको हक र आर्थिक स्थिति सबल भएको खण्डमा महिलामा हुने विभेद र अत्याचारको अन्त्य हुने उनको ठम्याइ छ।त्यस्तै माननीय सांसद विद्या भट्टराईले महिला समावेशी भएर नेतृत्वमा आउदा पनि निर्णायक भूमिकामा महिलाको सहभागिता अझैँ कम रहेको बताइन् । उनले समाजिक हिंसाको अन्त्य गर्न महिलाले नेतृत्व लिनु पर्नेमा जोड दिइन् । त्यस्तै हिंसासम्बन्धी ऐन लागू भइसकेको अवस्थामा पुर्ण रुपमा परिपालना गर्न र महिला समानताको विषयमा आफू सदनमा आवाज उठाउने व्यक्त गर्नुभयो। उनले नेपालमा साइबर क्राइम, यौन हिंसाकाहरु निर्मुल गर्न कडा कानुनको अभाव रहेको बताइन् । उनले हिंसा रोक्न महिलाहरुको सक्रिय सहभागिताको जरुरी र युवा पुस्ताका महिलाहरुको राजनीतिमा सहभागिताले समाज परिवर्तनमा सहयोग पुग्ने बताइन् ।

एनआरएनए अध्यक्ष डा. बद्री केसीले विकसित समाजमा समेत प्रयाप्त रुपमा महिलाहरु हिंसा रहेको बताउँदै महिला हिंसा समाजमा बिकृतिको रुपमा रहेको बताए । उनले महिलाहरुमा हुने हिंसाको अन्त्य गर्न जनसचेतना आवश्यक रहेको बताए ।

गैर आवासीय नेपाली संघको कार्यकारी अध्यक्ष रविना थापाले समाजमा रहेका लैङ्गिक आधारमा शारीरिक, मानसिक, सामाजिक सांस्कृतिक, आर्थिक तथा यौनिक रुपमा असर पर्ने गरि हुने हिंसालाई सधैंको लागि अन्त्य गर्न जोड दिइन् त्यस्तै नेपालमा लैंगिक हिंसाबाट प्रत्येक चार महिलामा एक जनाभन्दा बढी प्रभावित हुने गरेको बताइन् ।

गैरआवासीय नेपाली संघको महिला उपाध्यक्ष यसमिन बेगमको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन एनआरएनए महिला सचिव राधिका गुरुङ (टिका) गरेकी थिइन्।

प्रतिक्रिया
सम्बन्धित समाचार